आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

२० दिनका लागि बिदामा बसिन् न्यायाधीश मल्ल

बुधबार, ०६ जेठ २०८३, १७ : ००
बुधबार, ०६ जेठ २०८३

सारांश

  • प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले पदभार ग्रहण गरेसँगै वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान २० दिनका लागि बिदामा बसेकी छिन् ।
  • न्यायाधीश प्रधानले आफैले बिदा स्वीकृत गरेर आजदेखि बिदा बसेको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
  • संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गरेपछि न्यायाधीश प्रधान असन्तुष्ट थिइन् ।

काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले पदभार ग्रहण गरेसँगै वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान २० दिनका लागि बिदामा बसेकी छिन् । न्यायाधीश प्रधानले आफैले बिदा स्वीकृत गरेर आजदेखि बिदा बसेको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । 

मंगलबार शर्मा प्रधानन्यायाधीशको पदभार ग्रहणका लागि सर्वोच्च आउनुअघि नै न्यायाधीश प्रधानले आज (बुधबार)बाट लागू हुने गरी २० दिने बिदा स्वीकृत गरेकी हुन् । यसअघिका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले २०८२ चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गरेपछि न्यायाधीश प्रधान असन्तुष्ट थिइन् । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गरेको दोस्रो दिन कामु प्रधानन्यायाधीशको हैसियतमा मल्लले फुलकोर्ट बैठक बोलाएकी थिइन् । 

फुलकोर्ट बैठकमा प्रधानन्यायाधीश सिफारिसको विषयमा नोकझोक भएपछि शर्मा वैशाख २५ गतेदेखि इजलास बसेका थिएनन् । प्रधानन्यायाधीशको पदभार ग्रहण गरेसँगै आजदेखि शर्मा इजलासमा बसेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप