मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

मलेसियामाथि नेपालको सङ्घर्षपूर्ण जित

बुधबार, ०६ जेठ २०८३, ११ : २४
बुधबार, ०६ जेठ २०८३

सारांश

  • नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई २ विकेटले पराजित गरेको छ ।
  • मलेसियाले प्रस्तुत गरेको ६८ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा १५ बल अगावै पार गर्‍यो ।
  • नेपालको जितमा सम्झना खड्काले ३२ रनको योगदान दिइन् भने बलिङतर्फ पूजा महतोले ३ विकेट लिइन् ।

क्वाललम्पुर । नेपाली महिला क्रिकेट टोलीले मलेसियाको महिला क्रिकेट टोलीलाई २ विकेटले पराजित गरेको छ । 

बुधबार बिहान बायुमास क्रिकेट ओभल मैदानमा भएको पहिलो टी–२० खेलमा मलेसियाले प्रस्तुत गरेको ६८ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा १५ बल अगावै पछ्याएको हो ।

नेपाललाई जित दिलाउन सम्झना खड्काले ३२ रनको महत्त्वपूर्ण योगदान दिइन् । उनले ३९ बलमा २ चौका प्रहार गरिन् । रुवि पोद्दारले २२ बलमा २ चौकाको मद्दतले १५ रन जोडिन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

यसअघि, पूजा महतोले ३ विकेट लिएपछि मलेसिया १६.५ ओभरमा ६७ रनमा समेटिएको थियो ।पूजाले ४ ओभरमा मात्र १३ रन खर्चेर ३ विकेट हात पारिन् ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाका लागि ओपनर एल्सा हन्टरले सर्वाधिक १० रन जोडिन् । अन्य ब्याटर भने दोहोरो अङ्कमा रनसमेत बनाउन नसकेर पभेलियन फर्किएका थिए ।

नेपालका लागि मनिषा उपाध्याय र रिया शर्माले २–२ विकेट लिए भने कविता कुँवर र सीता राना मगरले १–१ विकेट हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप