नेपाली दूतावासले भारतीय सामाजिक सञ्जाल प्रयोगकर्तालाई नेपाल भ्रमण गराउने
सारांश
- भारतस्थित नेपाली दूतावासले भारतीय सामाजिक सञ्जाल प्रयोगकर्तालाई नेपाल भ्रमण गराएर पर्यटन प्रवर्द्धन गर्ने भएको छ ।
- यस 'परिचयात्मक भ्रमण' कार्यक्रमका लागि पाँच जना उत्कृष्ट सामाजिक सञ्जाल प्रयोगकर्ता छनोट गरिनेछ ।
- भ्रमणबाट उत्पादित सामग्रीले भारतीय पर्यटकलाई नेपाल आउन प्रोत्साहन गर्ने दूतावासको विश्वास छ ।
काठमाडौँ । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ भारतस्थित नेपाली दूतावासले भारतीय सामाजिक सञ्जाल प्रवर्द्धक (इन्फ्लुएन्सर, भ्लगर र पडकास्टर) हरूलाई नेपाल भ्रमण गराउने भएको छ ।
नेपाली दूतावासले आज एक सूचना जारी गर्दै यस भ्रमणमा सहभागी हुन इच्छुक भारतीय सामाजिक सञ्जाल प्रयोगकर्तालाई आवेदन दिन आह्वान गरेको छ । विशेष ‘परिचयात्मक भ्रमण’ नाम दिएको सो कार्यक्रमका लागि पाँच जना सामाजिक सञ्जालमार्फत डिजिटल सामग्री उत्पादन गर्नेहरूलाई नेपाल भ्रमण गराउने भनेको छ ।
नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, आध्यात्मिक स्थलहरू, आतिथ्य सत्कार र विविध पर्यटकीय क्षेत्रहरूको अनुभव तथा प्रवर्द्धनका लागि दूतावासले उत्कृष्ट पाँच जना भारतीय सामाजिक सञ्जाल प्रयोगकर्तालाई छनोट गर्ने दूतावासले जनाएको छ । यस भ्रमणबाट उत्पादित डिजिटल सामग्रीले भारतीय पर्यटकहरूलाई अवकाश, तीर्थयात्रा, संस्कृति, साहसिक कार्य र पारिवारिक भ्रमणका लागि नेपाल आउन प्रोत्साहन गर्ने विश्वास लिइएको दूतावासले जनाएको छ ।
नेपाललाई भारतीय पर्यटकहरूका लागि एक नजिकको, सुलभ र स्वागतयोग्य गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने, हिमाल, ताल, सम्पदा स्थल, मन्दिर, स्तूप, चाडपर्व, परिकार र स्थानीय संस्कृतिलाई उजागर गर्ने, आध्यात्मिक गन्तव्यहरूलाई विशेष रूपमा प्रस्तुत गर्ने जस्ता उद्देश्य यो भ्रमणको राखिएको छ ।
सामाजिक प्रयोगकर्ता भारतीय नागरिक वा भारतमा रहेर डिजिटल सामग्री उत्पादन गर्ने हुनुपर्छ । युट्युब, इन्स्टाग्राम, फेसबुक, एक्स (ट्विटर) वा अन्य डिजिटल प्लेटफर्महरूमा उनको सक्रिय उपस्थिति भएको हुनुपर्ने मापदण्ड राखिएको छ । यात्रा, संस्कृति, आध्यात्मिकता, जीवनशैली, साहसिक कार्य, स्वास्थ्य (वेलनेस), खाना, सम्पदा वा पर्यटनसँग सम्बन्धित सामग्री बनाउने गरेको हुनुपर्ने भनिएको छ । विशेष गरी भारतीय पर्यटकहरूमाझ उनको बलियो उपस्थिति र सक्रिय दर्शकहरु हुनुपर्ने, उच्च गुणस्तरका भिडियो, रील्स, पोस्ट, स्टोरिज वा भ्लगहरू बनाउन सक्षम हुनुपर्ने भनिएको छ ।
छनोट भएका सहभागीहरूले आफ्नो नेपाल अनुभवका आधारमा ट्राभल भ्लग, रील्स, शट्र्स, स्टोरिज, पडकास्ट वा पोस्टहरू तयार गरी प्रकाशन गर्नुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकमा डेपुटी गभर्नर थप्नु हुँदैन : एमाले सांसद कँडेल
-
अफगानिस्तानको मरुभूमि हुँदै सीमा पार गर्ने क्रममा ५ जनाको मृत्यु, १४ बेपत्ता
-
माधवसँगको छलफलपछि प्रचण्डले प्रदेश सरकारबारे निर्णय गर्ने
-
बैंकको सीईओलाई भविष्यसमा समेत अयोग्य ठहर हुनेगरी कारबाही गर्न हुँदैन : सांसद राणा
-
प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा
-
संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण