पेट्रोलमा इथानोल मिसाउने प्रक्रिया अघि बढाइँदै, उत्पादकहरूसँग मागियाे आवेदन
सारांश
- नेपाल आयल निगमले पेट्रोलमा इथानोल मिसाएर प्रयोगमा ल्याउने नीति कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ ।
- निगमले स्वदेशी उत्पादकहरूलाई तोकिएको गुणस्तर अनुसारको इथानोल आपूर्ति गर्न आह्वान गरेको छ ।
- इथानोल उत्पादनका लागि खुदो, घाँस, कृषि तथा वनजन्य जैविक पदार्थ, कृषि अवशेष वा सडेगलेको अन्न प्रयोग गर्न सकिने व्यवस्था छ, तर खाद्यान्न योग्य अन्न प्रयोगमा पूर्ण रोक लगाइएको छ ।
काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नीतिगत व्यवस्था गरेसँगै नेपाल आयल निगमले यसको कार्यान्वयन प्रक्रियालाई अगाडि बढाएको छ ।
निगमले स्वदेशी उत्पादकहरूलाई इथानोल आपूर्ति गर्न आह्वान गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत २०८२ फागुन २८ गते राजपत्रमा पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश, २०८२ राजपत्रमा प्रकाशित गरेको थियो । उक्त आदेशमा उल्लेख भए बमोजिमको गुणस्तर र विधि अनुसारको इथानोल खरिद गर्ने तयारी निगमले गरेको छ ।
यस प्रक्रियामा सहभागी हुन इच्छुक स्वदेशी उत्पादकहरूले निगममा निवेदन दर्ता गराउन सक्नेछन् । इथानोल उत्पादनका लागि विभिन्न प्रकारका कच्चा पदार्थहरू प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ, जसमा चिनी उद्योगबाट प्राप्त हुने खुदो (मोलासेस), नेपियर घाँस, खेर जाने कृषि तथा वनजन्य जैविक पदार्थ वा बायोमास रहेका छन् ।
त्यसैगरी पराल, मकैको ढोड, गहुँको छवाली जस्ता कृषि अवशेषका साथै खाद्यान्नका लागि प्रयोग गर्न नमिल्ने सडेगलेको अन्न र सिमल तरुललाई पनि कच्चा पदार्थको रूपमा उपयोग गर्न पाइनेछ।
इथानोल उत्पादन प्रक्रियामा मर्चा (यिस्ट) र अन्य आवश्यक रसायनहरूको समेत प्रयोग गर्न सकिने जनाइएको छ। यद्यपि, निगमले इथानोल उत्पादनका लागि कच्चा पदार्थको प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्ने सर्त राखेको छ।
मानिसले खाद्यान्नको रूपमा प्रयोग गर्ने योग्य अन्नलाई भने इथानोल उत्पादनमा कच्चा पदार्थको रूपमा प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण