अपडेट
वीरेन्द्रनगरमा महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीमाथि कारबाही हुने
बुधबार, ०६ जेठ २०८३, १६ : ३८
सारांश
- वीरेन्द्रनगर नगरपालिकाले महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीमाथि कारबाही गर्ने भएको छ ।
- नगर प्रहरीले डाले डोकोमा काफल बोकेर बेच्दै हिँड्दै गरेकी महिलामाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
- यो घटना वीरेन्द्रनगरस्थित सिटी बसपार्क नजिक मङ्गलवार साँझपखको भएको बताइएको छ ।
काठमाडौँ । वीरेन्द्रनगरमा महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीमाथि कारबाही हुने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महिलालाई दुर्व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गर्ने जानकारी दिएको हो ।
साथै नगरपालिकाले पीडित महिलालाई उचित क्षतिपूर्ति दिने निर्णय भएको समेत जनाएको छ । नगर प्रहरीले महिलामाथि दुर्व्यवहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
डाले डोकोमा काफल (फल) बोकेर बेच्दै हिँड्दै गरेकी महिलामाथि दुर्व्यवहार भएको हो । सामाजिक सञ्जालमा आएको उक्त भिडियो वीरेन्द्रनगरस्थित सिटी बसपार्क नजिकको र खिचिएको भनिएको छ । घटना मङ्गलवार साँझपखको भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री जेनिफर विंगेटले गरिन् बिहे
-
जलविद्युत आयोजनालाई राहत : चार समूहमा वर्गीकरण गरी आरसीओडीको म्याद थप गरिने
-
खल्तीमा रहेको मोबाइल फोन विस्फोट हुँदा गुप्ताङ्ग जलेपछि...
-
बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानुन निर्माणमा सांसद आचार्यको जोड
-
बाल सुधार गृहमा ‘नाइके प्रथा’ अन्त्य गरी पारिवारिक वातावरण निर्माण गर्न सांसद लामाको माग
-
च्यासलमा एमाले सांसदलाई नेता र विज्ञहरूको प्रशिक्षण (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण