सर्वोच्च प्रशासनद्वारा प्रधान न्यायाधीश शर्माविरूद्धकाे दरपीठ निवेदन दर्ता, शुक्रबार पेसी
सारांश
- न्यायाधीश मल्लले जेठ ४ गतेको आदेशमा १ बजेसम्म निवेदन दर्ता गर्न निर्देशन दिएकी थिइन्।
- रिट निवेदक प्रेमराज सिलवालले दायर गरेको उक्त निवेदनको पेसी जेठ ११ गतेका लागि तोकिएको छ।
काठमाडौँ । सर्वोच्च अदालत प्रशासनले प्रधान न्यायाधीश डा. मनाेजकुमार शर्माविरूद्धकाे दरपीठ गरिएकाे निवेदन दुई दिनपछि कार्यान्वयन गरेको छ।
न्यायाधीश सपना प्रधान मल्लले जेठ ४ गते आफ्नो इजलासमा परेको निवेदनमाथि आदेश जारी गर्दै मुख्य रजिष्ट्रार र रजिष्ट्रारका नाममा “दिउँसो १ बजेसम्म निवेदन दर्ता गर्नू” भनी निर्देशन दिएकी थिइन्।
रिट निवेदक प्रेमराज सिलवालले दायर गरेको उक्त निवेदनको पेसी जेठ ११ गतेका लागि तोकिएको छ।
यसअघि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि परिषद्ले सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदका लागि चौथो वरीयतामा रहेका डा. मनोजकुमार शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो।
तर सर्वोच्च अदालत प्रशासनले उक्त रिटमा दरपीठ गरेपछि त्यसविरुद्ध दिइएको निवेदन दर्ता नगरी ‘होल्ड’मा राखिएको थियो। मङ्गलबार प्रधान न्यायाधीश शर्माले पदभार ग्रहण गरेसँगै बुधबार उक्त निवेदन औपचारिक रूपमा दर्ता गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री जेनिफर विंगेटले गरिन् बिहे
-
जलविद्युत आयोजनालाई राहत : चार समूहमा वर्गीकरण गरी आरसीओडीको म्याद थप गरिने
-
खल्तीमा रहेको मोबाइल फोन विस्फोट हुँदा गुप्ताङ्ग जलेपछि...
-
बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानुन निर्माणमा सांसद आचार्यको जोड
-
बाल सुधार गृहमा ‘नाइके प्रथा’ अन्त्य गरी पारिवारिक वातावरण निर्माण गर्न सांसद लामाको माग
-
च्यासलमा एमाले सांसदलाई नेता र विज्ञहरूको प्रशिक्षण (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण