हेली रिसोर्टमा चिनियाँ नागरिक लुटिएपछि उजुरी, प्रहरी भन्छ– अनुसन्धान हुँदै छ
काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित हेली रिसोर्टमा एक चिनियाँ नागरिक लुटिएको उजुरी परेको छ ।
चिनियाँ महिलाले आफू रिसोर्टमा लुटिएको भन्दै काठमाडौंमा आएर उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएकी थिइन् ।
चिनियाँ नागरिकले आफ्नो आईफोन र गहना लुटपाट भएको दाबी गरेकी छन् । चिनियाँ नागरिकले उजुरी दिएपछि त्यसबारे अनुसन्धान थालिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए । उनले भने, ‘अनुसन्धानका लागि हाम्रो टोली घटनास्थलमा पठाएका थियौँ ।’
बाह्रबिसे र तातोपानी सीमानाकाको बिच भागमा पर्ने हेली रिसोर्टमा पुगेर उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर गणेश जैसी नेतृत्वको टिमले सीसीटीभीको ब्याकअप डिआइस काठमाडौँ ल्याएको छ । कानुनअनुसार सीसीटीभीको रेकर्ड ३ महिनासम्म राख्नुपर्ने भएपछि रेकर्ड नभेटिएपछि ‘रिकभर’को लागि ब्याकअप डिभाइस ल्याइएको एसएसपी खड्काले बताए । उनले भने, ‘विदेशी नागरिक लुटिएको घटनाबारे अनुसन्धान हुँदै छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण