पोखरामा शनिबार दोस्रो गण्डकी लोकतारा हुँदै
पोखरा। दोस्रो गण्डकी लोकताराको ग्राण्ड फिनाले शनिबार पोखरामा हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशको आयोजनामा हुने प्रतियोगिताको तयारी पूरा भइसकेको छ । अन्तिम प्रतिस्पर्धामा विभिन्न जिल्लाको अडिसनबाट छनौट भएका प्रतियोगीहरू सहभागी हुनेछन्।
कास्कीका समिर पुन, पर्वतका शोभा परियार,बाग्लुङका ललिता घर्ती मगर, म्याग्दीका शक्ति छिनाल, तनहुँका मन्दिरा थापा मगर, गोरखाका निश्चल गुरुङ, लमजुङका युगेश परियार, स्याङ्जाका बत्ती कुमारी थापा, नवलपुरका गणेश विक, मुस्ताङका सबिता छिनाल र मनाङका ममता तामाङले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा पहिलो हुनेले ५५ हजार ५ सय ५५ नगद, ट्रफि, मेडल, प्रमाणपत्रका साथमा रमेश विजीको लय/शब्दमा अडियो गीत निःशुल्क रेकर्डिङ गर्ने अवसर प्राप्त गर्ने कार्यवाहक सचिव टेक क्षेत्रीले जानकारी दिए।
यस्तै दोस्रो हुनेले ३३ हजार ३ सय ३३ नगद तथा ट्रफि, मेडल, प्रमाणपत्रका साथमा अडियो गीत निःशुल्क रेकर्डिङको अवसर पाउने छन्। तेस्रो हुनले २२ हजार, २ सय २२, ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् भने, सान्त्वना स्थान हासिल गर्ने गर्नेले ११ हजार, १ सय ११, ट्रफि, मेडल, प्रमाणपत्र पाउने उनले सुनाए।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले निःशुल्क १ महिने संगीत प्रशिक्षणको सुविधा पाउने कार्यक्रम संयोजक रामजी पौडेलले बताए। अन्य सहभागीहरूलाई जनही ५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगिता सम्पन्न गर्न १० लाख खर्च हुने अनुमान गरिएको छ। करिब ४ लाख बचत गरेर उक्त रकम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश समितिको कल्याणकारी कोषमा जम्मा गरिने अध्यक्ष माया गुरुङले जानकारी दिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण