मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

तेहरानको चेतावनी - अमेरिकासामु आत्मसमर्पण नगर्ने, 'युद्धभन्दा कूटनीति बुद्धिमानी'

बिहीबार, ०७ जेठ २०८३, ०६ : ४८
बिहीबार, ०७ जेठ २०८३

सारांश

  • इरानका राष्ट्रपति मसउद पेजेशकियानले कूटनीतिक समाधानका लागि सबै बाटा खुला रहेको बताए पनि दबाबमा झुक्न नसक्ने चेतावनी दिएका छन् ।
  • इजरायलका मन्त्री इतामार बेन-गभिरले गाजा सहायता जलयात्राका अपहरणमा परेका अभियन्ताहरूको खिल्ली उडाएको भिडियो सार्वजनिक भएपछि आलोचना बढेको छ ।
  • इरानले फारसी खाडीस्थित होर्मुज जलमार्गमा नयाँ "सुपरभिजन एरिया" स्थापना गरेको घोषणा गरेको छ, जहाँ अनुमतिबिना आवतजावत गर्न पाइने छैन ।

तेहरान । इरानका राष्ट्रपति मसउद पेजेशकियानले कूटनीतिक समाधानका लागि 'सबै बाटा अझै खुला' रहेको बताएका छन् । तर उनले दबाब र बल प्रयोगद्वारा इरानलाई झुकाउन खोज्नु 'केवल भ्रम' मात्र भएको चेतावनी दिएका छन् ।

अल जजिराका अनुसार पेजेशकियानले भने, 'हाम्रो पक्षबाट कूटनीतिक समाधानका सबै मार्ग खुला छन्, तर दबाबमार्फत इरानलाई आत्मसमर्पण गराउन सकिन्छ भन्ने सोच केवल भ्रम मात्र हो ।'

यसैबीच, इजरायलका अतिदक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन–गभिरले गाजा सहायता जलयात्राका अपहरणमा परेका अभियन्ताहरूलाई इजरायली जेल सुरक्षाकर्मीले दुव्र्यवहार गरिरहेको भिडियो सार्वजनिक गरेपछि विश्वव्यापी आलोचना बढेको छ । उक्त भिडियोमा बेन–गभिरले बन्दी बनाइएका अभियन्ताहरूको खिल्ली उडाएको देखिन्छ ।

उता, इरानले फारसी खाडीस्थित होर्मुज जलमार्ग क्षेत्रमा नयाँ “सुपरभिजन एरिया” स्थापना गरेको घोषणा गरेको छ । इरानको नयाँ Persian Gulf Strait Authority ले जारी गरेको सूचनाअनुसार अब सो क्षेत्रमा आवतजावत गर्न अनुमति अनिवार्य हुनेछ ।

प्राधिकरणले चेतावनी दिँदै भनेको छ, 'अनुमतिबिना गरिने आवागमनलाई अवैध मानिनेछ ।'

लेबनानको दक्षिणी क्षेत्रमा इजरायली आक्रमण जारी रहँदा २० भन्दा बढी मानिसको मृत्यु भएको लेबनानी स्वास्थ्य मन्त्रालय तथा स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् । लेबनान र इजरायलबिच सहमत भएको युद्धविराम विस्तार व्यवहारमा भने प्रभावहीन बन्दै गएको बताइएको छ ।

त्यसैगरी, गाजामा इजरायलको युद्धका कारण सन् २०२३ अक्टोबरयता कम्तीमा ७२ हजार ७७३ जनाको मृत्यु भएको छ भने १ लाख ७२ हजार ७२३ जना घाइते भएका छन् । यो तथ्यांक प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको हो ।

एजेन्सीको सहयोगमा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप