हिरासतमा रहेका व्यापारी सुलभ अग्रवाल अस्पताल भर्ना
बिहीबार, ०७ जेठ २०८३, १७ : १६
सारांश
- सम्पत्ति शुद्धीकरणको कसुरमा हिरासतमा रहेका व्यवसायी सुलभ अग्रवाललाई स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ ।
- ललितपुर प्रहरीको हिरासतमा रहेका अग्रवाललाई तीन दिनअघि पाटन अस्पतालमा भर्ना गरिएको हो ।
- शङ्कर ग्रुपका सञ्चालक अग्रवालमाथि हिमालयन रि इन्स्योरेन्समार्फत रकम हिनामिना गरी सम्पत्ति शुद्धीकरण गरेको आरोप छ ।
काठमाडौँ । सम्पत्ति शुद्धीकरणको कसुरमा हिरासतमा रहेका व्यवसायी सुलभ अग्रवाललाई अस्पताल भर्ना गरिएको छ । स्वास्थ्यमा समस्या आएपछि चिकित्सकहरूको सल्लाह अनुसार उनलाई अस्पतालमा भर्ना गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालले रातोपाटीलाई बताए ।
ललितपुर प्रहरीको हिरासतमा रहेका अग्रवाललाई केही दिनअघि त्यहाँबाट स्थानान्तरण गरिएको थियो । ३ दिनअघि उनलाई पाटन अस्पतालमा भर्ना गरिएको महानिर्देशक ढकालले जानकारी दिए ।
शङ्कर ग्रुपका सञ्चालक अग्रवाललाई चैत २२ मा विभागले नियन्त्रणमा लिएको थियो । हिमालयन रि इन्स्योरेन्समार्फत रकम हिनामिना गरी शुद्धीकरण गरेको कसुरमा विभागले उनीमाथि अनुसन्धान गरिरहेको छ । अग्रवालले अर्का व्यापारी दीपक भट्टसँग मिलेर सम्पत्ति शुद्धीकरण गरेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण