मधेसमा एमालेका मन्त्रीको शपथ, मुख्यमन्त्रीले नै राखे ५ मन्त्रालय
सारांश
- मधेस प्रदेशका नवनियुक्त मन्त्री महम्मद समिरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
- मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनमत पार्टीका दुई मन्त्रीले राजीनामा दिएपछि मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
- मुख्यमन्त्री यादवले ५ वटा मन्त्रालय आफैँसँग राखेका छन् ।
जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मन्त्री महम्मद समिरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार एमालेका तर्फबाट विना विभागीय मन्त्रीको जिम्मेवारी पाएलगत्तै उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
आजै मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । यादवले जनमत पार्टीका दुई मन्त्रीले राजीनामा दिएसँगै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
सीके राउत नेतृत्वको जनमत पार्टीबाट अर्थमन्त्री बनेका महेशप्रसाद यादव र समाजकल्याण तथा खेलकुद मन्त्री वसन्त कुशवाहाले मुख्यमन्त्री यादवसमक्ष राजीनामा दिएका थिए।
साथै, मुख्यमन्त्री यादवले ५ वटा मन्त्रालय आफैँसँग राखेका छन् । मुख्यमन्त्री यादवले अर्थ, शिक्षा तथा संस्कृति, श्रम तथा यातायात, भौतिक पूर्वाधार, खेलकुद तथा समाज कल्याण मन्त्रालय आफैँसँग राखेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७४ लाख ७० हजार रुपैयाँ ठगी भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग
-
अमेरिका र इराकबिच ४८ वटा सम्झौता
-
'कमैया मुक्ति फेरि दासताको चक्रमा फर्किन नपरोस्'
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण