बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
माैसम पूर्वानुमान

तीन मौसमी प्रणालीको असर कायमै, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

शुक्रबार, ०८ जेठ २०८३, ०६ : १४
शुक्रबार, ०८ जेठ २०८३

सारांश

  • हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा न्यून चापीय क्षेत्रको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा बादल लागेको छ ।
  • आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा बादल लाग्नेछ ।
  • कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभाग लगायत अन्य प्रदेशका केही भूभागमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल रही बाँकी भू(भागमा आंशिक बादल लागिरहेको छ । गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ । 

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागको केहि स्थानहरूमा, मधेस प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका थोरै  स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई  भूभागमा तातो लहर चल्ने सम्भावना र लुम्बिनी प्रदेशका पहाडी तथा तराई  भूभागमा तातो दिन हुने सम्भावना रहेको छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप