मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
क्रिकेट

नेपालले सजिलै हरायो मलेसियालाई

शुक्रबार, ०८ जेठ २०८३, ११ : १७
शुक्रबार, ०८ जेठ २०८३

सारांश

  • नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा ७ विकेटले पराजित गरेको छ ।
  • मलेसियाले प्रस्तुत गरेको ८३ रनको लक्ष्य नेपालले मात्र ३ विकेटको क्षतिमा २४ बल अगावै पछ्यायो ।
  • योसँगै नेपालले टी-२० शृङ्खला २-० ले आफ्नो कब्जामा पार्न सफल भएको छ ।

क्वाललम्पुर । नेपाली महिला क्रिकेट टोलीले मलेसियाको महिला टोलीलाई शुक्रबार दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा ७ विकेटले पराजित गरेको छ ।

मलेसियाले प्रस्तुत गरेको ८३ रनको लक्ष्य नेपालले मात्र ३ विकेटको क्षतिमा २४ बल अगावै पछ्यायो ।

योसँगै नेपालले टी–२० शृङ्खला २–० ले आफ्नो कब्जामा पार्न सफल भएको छ । यसअघि बुधबार भएको खेलमा नेपालले २ विकेटको सङ्घर्षपूर्ण जित हात पारेको थियो ।

नेपालको जितमा ओपनर सम्झना खड्का नायक बनिन् । उनले नटआउट रहँदै ३७ बलमा ३९ रन जोडिन् । उनले यस क्रममा ३ चौका प्रहार गरिन् ।

कविता कुँवरले नटआउट रहेर १९ रन बनाएर खड्कालाई राम्रो साथ दिइन् । उनले २० बलमा १ चौका प्रहार गरिन् । त्यस्तै, सोनी पाख्रिनले १२ रनको योगदान दिइन् । पूजा महतोले ८ रन बनाउँदा कविता जोशी भने शून्य रनमा पभेलियन फर्किइन् ।

वायुमास क्रिकेट ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेटको क्षतिमा ८२ रन बनाएको थियो । टोलीका लागि ओपनर आइना हामिजा हासिमले सर्वाधिक १७ रन जोडिन् ।

त्यस्तै, धनसुरी मुहुनानले १५ रन तथा नुरु आरियाना नात्सयाले १३ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

मलेसियालाई सस्तोमा रोक्न नेपालका कविता कुँवर, रिया शर्मा र रुविना क्षेत्रीले २–२ विकेट लिए । पूजा महतो र सीता राना मगरले १–१ विकेट हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप