कार्यविभाजनलाई अन्तिम रुप दिन गुण्डुमा एमाले बैठक
सारांश
- कार्यविभाजनलाई अन्तिम रूप दिन एमाले केन्द्रीय सचिवालय बैठक गुण्डुमा सुरु भएको छ ।
- बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेताहरूको कार्य विभाजनमा छलफल गरेर निर्णय गर्ने तयारी छ ।
- यसका साथै पार्टी पुनर्गठन, रूपान्तरण र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको जिम्मेवारीबारे समेत छलफल हुनेछ ।
काठमाडौँ । नेताहरूको कार्य विभाजनलाई अन्तिम रूप दिन एमाले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा सुरु भएको बैठकमा यसअघि अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेताहरूको कार्य विभाजनमा छलफल गरेर निर्णय गर्ने तयारी छ ।
एमालेको गत पुसमा सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन अहिलेसम्म भएको थिएन । ओलीले अघि सारेको कार्य विभाजनको प्रस्तावमा कतिपय नेताहरूलाई दोहोरो तेहेरो जिम्मेवारी दिने उल्लेख छ ।
त्यस्तै, आजको बैठकमा पार्टी पुनर्गठन र रूपान्तरणको मुद्दामा कतिपय नेता कार्यकर्ताहरूले चलाइरहेको अभियानका बारेमा समेत कुरा उठ्ने बुझिएको छ ।
असफलताको जिम्मेवारी लिँदै अध्यक्ष ओलीले बिदा हुनुपर्ने मागसहित नेता कार्यकर्ताहरूले अभियान नै चलाउँदै आएका छन् । उनीहरुले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान नै चलाएका छन् ।
अर्कोतिर आजको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको जिम्मेवारीका बारेमा समेत छलफल हुने बुझिएको छ । भण्डारीको सदस्यता खुला गर्ने सोमबारको बैठकमा अध्यक्ष ओलीले सुनाए पनि उनलाई के जिम्मेवारी दिइन्छ भन्ने चासोका साथ हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण