बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

‘ढल्की ढल्की’मा प्रदीप र जुनाको अभिनय

शुक्रबार, ०८ जेठ २०८३, १२ : ११
शुक्रबार, ०८ जेठ २०८३

काठमाडौँ । गायक कृष्ण बिक र गायिका दिपिका बायम्बुको स्वर रहेको गीत ‘ढल्की ढल्की’ सार्वजनिक भएको छ । लोकलयमा आधारिक गीत मार्फत दर्शकको मन जित्दै आएका कृष्णले यसपटक छमछम नचाउने गीत ल्याएका हुन् ।

गीतको म्युजिक भिडियोमा जुना सुन्दास र प्रदीप लामाको अभिनय छ । दिनेश चन्द्र थपलियाको शब्द, सुरेश अधिकारीको संगीत रहेको गीतको भिडियोमा एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानी देखाइएको छ ।

प्रदीप लामाले निर्देशन गरेको भिडियोमा कृष्ण थापाको छायाङ्कन र सम्पादन छ । गायककृष्णका ‘आँखा मार्ने’ ‘रातो टिकी’ ‘उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै’, ‘यानि माया’, ‘रानी माया’, ‘रातो टिकी’, ‘राधा पियारी’, ‘नीरमाया’सहित २ दर्जन बढी गीत बजारमा आईसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप