सगरमाथा र लोत्सेको सफल आरोहण गर्ने महिला सशस्त्र प्रहरीद्वय शेर्पा र कार्की सम्मानित
सारांश
- सशस्त्र प्रहरी बलले विश्वको सर्वोच्च शिखर सगरमाथा र लोत्से हिमालको सफलतापूर्वक आरोहण गर्ने दुई महिला आरोहीहरूलाई सम्मान गरेको छ ।
- सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकी शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई जेठ ८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सम्मान गरिएको हो ।
- सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने यी महिला सशस्त्र प्रहरीहरू सशस्त्र प्रहरी बल नेपालको इतिहासमा पहिलो महिला आरोही बनेका छन् ।
काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमालको सफलतापूर्वक आरोहण गरी कीर्तिमान कायम गरेका दुई महिला हिमाल आरोहीहरूलाई सशस्त्र प्रहरी बलले विशेष सम्मान गरेको छ ।
सगरमाथा र लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकी शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई भव्य सम्मान गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक, स्वयम्भूमा जेठ ८ गते आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले उनीहरूलाई संगठनको तर्फबाट सम्मान गरे । हिमालको चुचुरोमा राष्ट्र तथा संगठनको झण्डा फहराउनु गौरवको विषय भएको बताउँदै महानिरीक्षक पौडेलले सफल आरोहणका लागि दुवै जनालाई हार्दिक बधाई दिए ।
सम्मान कार्यक्रममा बोल्दै आरोहीहरू शेर्पा र कार्कीले राष्ट्र र संगठनको झण्डा सर्वोच्च शिखरमा फहराउन पाउनु आफ्नो जीवनकै गर्वको विषय भएको बताए । सफल आरोहणका लागि आवश्यक सहयोग, समन्वय तथा साथ दिने सशस्त्र प्रहरी बल नेपाल लगायत सम्पूर्ण सहयोगीहरू प्रति उनीहरूले हार्दिक कृतज्ञता तथा धन्यवाद व्यक्त गरे ।
सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले गत जेठ ३ गते बिहान १० बजेर २० मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन् । त्यसैगरी सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाले सोही दिन बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथाको सफल आरोहण गरेकी थिइन् भने त्यसको भोलिपल्ट जेठ ४ गते दिउँसो ३ बजेर २५ मिनेटमा लोत्से हिमालको समेत सफल आरोहण गरेकी थिइन् ।
सशस्त्र प्रहरी बल नेपालको इतिहासमा सगरमाथा आरोहण गर्ने उनीहरू पहिलो महिला आरोही हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण