नेपाल हस्तकला एक्स्पो सुरु, तस्बिरहरू
सारांश
- नेपाल हस्तकला महासङ्घको आयोजनामा शुक्रबारदेखि काठमाडौँमा नेपाल हस्तकला एक्स्पो सुरु भएको छ ।
- मेक इन नेपाल, मेड इन नेपाल' को अवधारणा अनुसार हस्तकला लगायत अन्य नेपाली निकासी सम्भाव्यता भएका वस्तुहरूको करिब ७० वटा स्टल राखिएका छन् ।
- यस एक्स्पोबाट स्थानीय हस्तकलाको बजार विस्तार हुने, उत्पादक र उपभोक्ताबिच प्रत्यक्ष सम्पर्क स्थापित हुने तथा कला संस्कृति एवं परम्परागत परिकारहरूको संरक्षणमा समेत ठुलो सहयोग पुग्ने विश्वास महासङ्घले लिएको छ ।
काठमाडौँ । नेपाल हस्तकला महासङ्घको आयोजनामा शुक्रबारदेखि काठमाडौँमा नेपाल हस्तकला एक्स्पो सुरु भएको छ ।
हस्तकला व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धन गर्ने र हस्तकलाको आन्तरिक बजारका साथै अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको महासङ्घले जनाएको छ ।

आगामी जेठ १० गतेसम्म बालुवाटारस्थित आम्रपालि ब्याङ्क्वेटमा चल्ने एक्स्पोमा ‘मेक इन नेपाल, मेड इन नेपाल’ को अवधारणा अनुसार हस्तकला लगायत अन्य नेपाली निकासी सम्भाव्यता भएका वस्तुहरूको करिब ७० वटा स्टल राखिएका छन् । यी स्टलहरूमा परम्परागत तथा आधुनिक नेपाली हस्तकलाका विभिन्न सामग्रीहरू प्रदर्शन र बिक्रीका लागि राखिएका छन् ।

यस एक्स्पोबाट स्थानीय हस्तकलाको बजार विस्तार हुने, उत्पादक र उपभोक्ताबिच प्रत्यक्ष सम्पर्क स्थापित हुने तथा मूर्त–अमूर्त कला संस्कृति एवं परम्परागत परिकारहरूको संरक्षणमा समेत ठुलो सहयोग पुग्ने विश्वास महासङ्घले लिएको छ ।

मेलाको मुख्य आकर्षणका रूपमा हस्तकला प्रदर्शनी तथा बिक्री कार्यक्रम, विविध सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुति, स्थानीय उद्योगी र कलाकार एवं कालिगडहरूको सीप प्रदर्शन लगायत रहेका छन् । यस प्रकारको मेलाले नेपाली रैथाने सीप र उद्यमशीलतालाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण