५६ दिनसम्म पनि सरकारले जवाफ नदिएको भन्दै राष्ट्रियसभामा आपत्ति
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको ५६ दिनसम्म पनि राष्ट्रिय सभाका सदस्यहरूले सदनमा उठाएको प्रश्नको जवाफ नदिएपछि आपत्ति जनाएका छन् ।
- सांसदहरूले ढुङ्गो बोल्ला माटो बोल्ला तर सरकार नबोलेको भन्दै आपत्ति जनाएका हुन् ।
- जनप्रतिनिधिले जनताले भोगिरहेका समस्याबारे उठाएका विषयको जवाफ दिनुपर्ने सांसदहरूले बताएका छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको ५६ दिनसम्म पनि राष्ट्रिय सभाका सदस्यहरूले सदनमा उठाएको प्रश्नको जवाफ नदिएपछि आपत्ति जनाएका छन् । राष्ट्रियसभाको जारी बैठकमा सांसदहरूले ढुङ्गो बोल्ला माटो बोल्ला तर सरकार नबोलेको भन्दै आपत्ति जनाएका हुन् ।
राष्ट्रियसभा बैठकमा नेपाली कम्युनिस्ट पार्टीका नरबहादुर विष्ट र एमालेका सोमनाथ पार्तेलले जनप्रतिनिधिले जनताले भोगिरहेका समस्याबारे उठाएका विषयको जवाफ दिनुपर्ने बताए ।
‘पहाडको एउटा डाँडोमा गएर चिच्यायो भने अर्को डाँडोसम्म ध्वनि फर्किन्छ तर सरकार ५६ दिनसम्म बोल्दैन,’ एमाले सांसद पोर्तेलले भने ।
उनले जनप्रतिनिधिले उठाएका विषयमा जवाफ दिन रुलिङ गर्न पनि सभाध्यक्षमार्फत माग गरे । त्यस्तै सांसद विष्टले सरकार बनेको ५६ दिनसम्म राष्ट्रियसभामा उठेका प्रश्नको जवाफ नदिनु उपयुक्त नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण