मधेस सरकार
मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
शुक्रबार, ०८ जेठ २०८३, १७ : २९
सारांश
- मधेसका मुख्यमन्त्री कृष्ण यादवले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।
- शुक्रबार बसेको प्रदेशसभा बैठकमा बहुमत सदस्यहरूले यादवको पक्षमा मतदान गरेका थिए।
- मुख्यमन्त्री यादवको पक्षमा ६२ र विपक्षमा ३६ प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए।
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाएका छन्। शुक्रबार बसेको प्रदेशसभा बैठकमा बहुमत प्रदेशसभा सदस्यहरूले यादवको पक्षमा मतदान गरेका थिए ।
मुख्यमन्त्री यादवको पक्षमा ६२ र विपक्षमा ३६ प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए। प्रदेशसभा बैठकमा १०० प्रदेशसभा सदस्यहरूको उपस्थिति रहेको थियो ।
एमालेलाई मधेस सरकारमा सामेल गराएपछि कांग्रेससँगै मुख्यमन्त्री यादवलाई एमाले, नेपाली कम्युनिस्ट पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूले समर्थन गरे ।
यता जसपा नेपालका मन्त्रीहरूलाई बर्खास्त गरेको र आफूहरूसँग विश्वासको मात औपचारिक रूपमा नमागिएको भन्दै जसपा नेपालले मुख्यमन्त्री यादवको विपक्षमा मतदान गरेको थियो ।
त्यस्तै जनमत पार्टी र राप्रपाका प्रदेशसभा सदस्यहरूले समेत मुख्यमन्त्रीलाई विश्वासकाे मत दिएनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीआईबीले मनायो १६ औँ स्थापना दिवस
-
गत आवमा नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व सङ्कलन
-
राज सिग्देलको सुमधुर गजलमा झुम्यो दोहा
-
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण