१० महिनामा साढे १७ करोड रुपैयाँको चिज आयात, कुन कुन देशबाट आयो ?
सारांश
- नेपालले १० महिनाको अवधिमा १७ करोड ५३ लाख रुपैयाँभन्दा बढीको चिज आयात गरेको छ ।
- यस अवधिमा भारतबाट सबैभन्दा बढी १२ करोड ५८ लाख रुपैयाँ बराबरको चिज आयात भएको छ ।
- फ्रान्स, इटाली, चीन, अस्ट्रेलिया, जर्मनी, नेदरल्यान्ड्स, डेनमार्क, युएई, कतार र अमेरिका जस्ता देशहरूबाट पनि नेपालमा चिज आयात हुने गरेको छ ।
काठमाडौँ । नेपालमा दुग्धजन्य पदार्थमा आत्मनिर्भर रहेको दाबी गरिए पनि चिजमा भने परनिर्भरता बढ्दो क्रममा देखिएको छ । १० महिनामा साढे १७ करोड रुपैयाँको चिज आयात भएको छ ।
भन्सार विभागको पछिल्लो १० महिनाको (आर्थिक वर्ष २०८२/८२ को साउन–वैशाख) तथ्यांकअनुसार नेपालले कुल १७ करोड ५३ लाख ४१ हजार रुपैयाँ बराबरको चिज आयात गरेको छ । यस अवधिमा २ लाख ६ हजार ९ सय १७ किलो चिज भित्रिएको छ भने यसबाट सरकारले ५ करोड १९ लाख ३३ हजार रुपैयाँ भन्सार महसुल सङ्कलन गरेको छ ।
नेपालमा आयात हुने चिजको सबैभन्दा ठुलो हिस्सा भारतले ओगटेको छ । १० महिनाको अवधिमा भारतबाट मात्रै १२ करोड ५८ लाख ५५ हजार रुपैयाँ बराबरको १ लाख ५९ हजार १६६ किलो चिज आयात भएको छ । भारतबाट विशेष गरी कोरेको, धुलो र अन्य साधारण चिजहरू बढी आउने गरेका छन् ।
युरोपेली मुलुक फ्रान्सबाट नेपालमा महँगो र प्रोसेस्ड चिज बढी आउने गरेको देखिन्छ । फ्रान्सबाट २ करोड १७ लाख १५ हजार रुपैयाँ बराबरको २० हजार ४०० किलो चिज आयात भएको छ । यसबाट मात्रै सरकारले ६५ लाख रुपैयाँभन्दा बढी राजस्व उठाएको छ ।
इटालीबाट ६ हजार २५४ किलो चिज आयात गर्दा १ करोड ३२ लाख ५६ हजार रुपैयाँ बाहिरिएको छ । यसको प्रति किलो मूल्य औसतमा २,१०० रुपैयाँभन्दा बढी पर्न जान्छ ।
चीनबाट ३३ लाख ४ हजार रुपैयाँको १३ हजार ८८८ किलो चिज भित्रिएको छ । यस्तै, अस्ट्रेलियाबाट २२ लाख ४० हजार रुपैयाँको ५७८ किलो चिज आयात भएको छ ।
यस्तै अन्य मुलुकहरूः जर्मनीबाट २० लाख ९१ हजार, नेदरल्यान्ड्सबाट १६ लाख १७ हजार र डेनमार्कबाट ३ लाख ६८ हजार रुपैयाँ बराबरको चिज आयात भएको छ । यस्तै संयुक्त अरब इमिरेट्स (युएई), कतार र अमेरिकाबाट पनि थोरै परिमाणमा चिज भित्रिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ घण्टामा विपद्का ५८ घटना, ३ जनाको मृत्यु
-
अभिनेत्री जेनिफर विंगेटले गरिन् बिहे
-
जलविद्युत आयोजनालाई राहत : चार समूहमा वर्गीकरण गरी आरसीओडीको म्याद थप गरिने
-
खल्तीमा रहेको मोबाइल फोन विस्फोट हुँदा गुप्ताङ्ग जलेपछि...
-
बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानुन निर्माणमा सांसद आचार्यको जोड
-
बाल सुधार गृहमा ‘नाइके प्रथा’ अन्त्य गरी पारिवारिक वातावरण निर्माण गर्न सांसद लामाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण