कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकालाई नियन्त्रण गर्ने प्रयास मान्य छैन : सभापति थापा
विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापाले भाद्र २४ गते भएको घटनाको ढाकछोप गर्ने सरकारको प्रयास कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् । शनिबार विराटनगर स्थित कोइराला निवासमा आयोजना गरिएको पत्रकार भेटघाटमा सभापति थापाले भाद्र २४ गतेको विध्वंसको छानबिन नगर्ने र घटनाको ढाकछोप गर्ने सरकारको प्रयास स्वीकार्य नहुने बताए । उनले सरकारले आफैले गरेको प्रतिबद्धता अनुसार भाद्र २४ गतेको विध्वंसको छानबिन गर्न न्यायिक आयोग गठन गर्न माग समेत गरे ।
उनले भाद्र २३ र २४ गतेको घटना बारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताउँदै प्रतिवेदन अनुसार दोषीलाई कारबाही हुनुपर्ने जिकिर गरे । मानव अधिकार आयोगको प्रतिवेदन रोक्न दबाब दिइएको सुनिएकोले त्यस्ता कार्य नगर्न समेत उनले आग्रह गरे ।
एक प्रश्नको जवाफमा सभापति गगन थापाले सरकार गठन भए यता कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकालाई नियन्त्रण गर्ने प्रयास गरिरहेको जिकिर गर्दै कुनै हालतमा यस्ता कार्य मान्य नहुने बताए । उनले सरकारको गलत क्रियाकलाप रोक्न आफूहरूले प्रयास जारी राख्ने बताए ।
त्यस्तै सभापति गगन थापाले मुलुकको अवस्था र गम्भीरतालाई बुझेर पार्टीभित्रको असहमति र विमतिलाई मिलाएर समाधान खोज्न आफू तयार रहेको बताए । उनले केन्द्रीय समिति बाहिर रहेका सबैलाई समेटेर अगाडि बढ्न तयार रहेको बेला पार्टी विधि र विधान बाहिर गएर काम नगर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण