दरबारमार्गमा १९औँ दरबारमार्ग स्ट्रिट फेस्टिभल (तस्बिरहरु)
सारांश
- राजधानीको प्रमुख पर्यटकीय तथा व्यावसायिक क्षेत्र दरबारमार्गमा १९औँ दरबारमार्ग स्ट्रिट फेस्टिभल आयोजना गरिएको छ ।
- महोत्सवमा सबै उमेर समूहका दर्शकका लागि विविध मनोरञ्जनात्मक कार्यक्रम, खेल, बास्केटबल, ई-स्पोर्ट्स, सांस्कृतिक झाँकी, कस्प्ले, फोटो बुथ, खाना तथा पेय पदार्थका स्टल समावेश छन् ।
- साङ्गीतिक कार्यक्रमतर्फ मुख्य तथा सहायक स्टेजमा चर्चित डिजे र कलाकारहरूको प्रस्तुति भइरहेको छ ।
काठमाडौँ । राजधानीको प्रमुख पर्यटकीय तथा व्यावसायिक क्षेत्र दरबारमार्गमा आज १९औँ दरबारमार्ग स्ट्रिट फेस्टिभल आयोजना गरिएको छ । ‘एक्सट्रिम इनर्जी ड्रिङ्क’ को मुख्य प्रायोजनमा आयोजित कार्यक्रमलाई ‘एक्सट्रिम स्याटर्डे’ नाम दिइएको छ ।

दरबारमार्ग विकास बोर्डको पहलमा माभरिक्स ग्रुप र आर्बिट्ररी इभेन्ट्सद्वारा आयोजित महोत्सवमा सबै उमेर समूहका दर्शकका लागि विविध मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएको छ ।
महोत्सवअन्तर्गत बालबालिकाका लागि विभिन्न खेल, ३–३ बास्केटबल, ई–स्पोर्ट्स, सांस्कृतिक झाँकी, कस्प्ले तथा फोटो बुथको व्यवस्था गरिएको छ । त्यस्तै, विभिन्न स्वादका खाना तथा पेय पदार्थका स्टल पनि रहेको छ ।

साङ्गीतिक कार्यक्रमतर्फ मुख्य तथा सहायक स्टेजमा चर्चित डिजे र कलाकारहरूको प्रस्तुति भइरहेको छ । कार्यक्रममा जोन एन्ड द लोकल्स, द एक्स, फोल्कट्रोनिक्स, एसटी म्यान, जे अथर, सालिन मगर एन्ड ब्यान्ड, प्रिजोल नेपाली एन्ड सरर तथा गन एल्भिसको प्रस्तुति रहनेछ ।






















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण