पार्टी एकताका लागि गम्भीर गृहकार्य आवश्यक छ : शशांक कोइराला
सारांश
- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्रको एकता र सुदृढीकरणका लागि गम्भीर गृहकार्य र संवादको आवश्यकतामा जोड दिएका छन् ।
- उनले पार्टीभित्रका गुट उपगुटलाई चिर्दै एकताबद्ध कांग्रेस निर्माण गर्नुपर्ने र सबै पक्षलाई समेटेर अघि बढ्ने नीति नै कांग्रेसलाई बलियो बनाउने बाटो भएको बताए ।
- उनले लोकतन्त्रको रक्षा र संविधानको कार्यान्वयन कांग्रेसको मुख्य एजेन्डा हुनुपर्ने र यसको रक्षा गर्नु मूल कर्तव्य रहेको बताए ।
पोखरा । नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री डा.शशांक कोइरालाले पार्टीभित्रको एकता र सुदृढीकरणका लागि गम्भीर गृहकार्य र संवादको आवश्यकता रहेको बताएका छन् ।
पोखरामा आयोजित पार्टीका नेता–कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै उनले पार्टीलाई एक ढिक्का बनाउन वैचारिक छलफल र ठोस पहल जरुरी रहेको बताएका हुन् । उनले पार्टी भित्रका गुट उपगुटलाई चिर्दै एकताबद्ध कांग्रेस निर्माण गर्नुपर्नेमा जोड दिए । ‘पार्टी एक नभएसम्म नेपाली कांग्रेसको मात्र होइन, नेपालको भविष्य नै अन्धकारतर्फ जान्छ,’ उनले भने ।
पार्टीभित्रका समस्या समाधानका लागि नेताहरूबिच निरन्तर संवाद आवश्यक रहेको कोइरालाको तर्क छ । ‘महाधिवेशन वा महत्त्वपूर्ण निर्णयहरू गर्दा सबै पक्षलाई समेटेर समिति गठन गर्नुपर्छ,’ उनले थपे, ‘सबैलाई समेटेर अघि बढ्ने नीति नै कांग्रेसलाई बलियो बनाउने बाटो हो । नेतृत्वले ध्यान दिनुपर्छ ।’ उनले पार्टीभित्रको गुटबन्दी अन्त्य गरी पार्टी नै सबैभन्दा माथि भन्ने भावना आत्मसात् गर्नुपर्ने बताए ।
फरक प्रसङ्गमा उनले संविधानको रक्षा गर्नु नै कांग्रेसको अहिलेको प्रमुख दायित्व रहेको बताए । ‘लोकतन्त्रको रक्षा र संविधानको कार्यान्वयन कांग्रेसको मुख्य एजेन्डा हुनुपर्छ,’ उनले भने- ‘हामीले लामो सङ्घर्ष र ठुलो त्यागबाट संविधान प्राप्त गरेका छौँ । यसको रक्षा गर्नु हाम्रो मूल कर्तव्य हो ।’
नेतृत्वले कसैलाई पनि पाखा नलगाइ, वर्ग वा समूह नहेरी सबैलाई समान अवसर दिँदा मात्र पार्टीले गति लिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ घण्टामा विपद्का ५८ घटना, ३ जनाको मृत्यु
-
अभिनेत्री जेनिफर विंगेटले गरिन् बिहे
-
जलविद्युत आयोजनालाई राहत : चार समूहमा वर्गीकरण गरी आरसीओडीको म्याद थप गरिने
-
खल्तीमा रहेको मोबाइल फोन विस्फोट हुँदा गुप्ताङ्ग जलेपछि...
-
बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानुन निर्माणमा सांसद आचार्यको जोड
-
बाल सुधार गृहमा ‘नाइके प्रथा’ अन्त्य गरी पारिवारिक वातावरण निर्माण गर्न सांसद लामाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण