‘काजी’ले दर्शकबाट कस्तो पाउँदैछ प्रतिक्रिया ?
सारांश
- शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म काजीले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
- फिल्मका कलाकारहरूले विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिएका छन् र दर्शकले काजी र कजिनीको प्रेमकथा मन पराएको बताएका छन् ।
- अभिनेता विपिन कार्कीले दर्शकले 'श्रीमान् होस् त काजी जस्तो' भन्ने प्रतिक्रिया दिएको बताएका छन् ।
काठमाडौँ । शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म काजीले सुरुवाती व्यवसाय राम्रो गर्न सफल भएको छ । विशुद्ध प्रेमकथामा आधारित फिल्मले मन छोएको प्रतिक्रिया दर्शकले दिइरहेका छन् ।
प्रदर्शनको पहिलो र दोस्रो दिन शुक्रबार र शनिबार फिल्मका अभिनेता विपिन कार्की, अभिनेत्री गरिमा शर्मा, निर्देशक लक्ष्मण रिजाल, निर्माता रामप्रसाद रिजाललगायत काठमाडौँ उपत्यकाका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिएका छन् । दर्शकले फिल्ममा रहेको काजी र कजिनीको प्रेमकथा मन परेको बताएका छन् ।
‘श्रीमान् होस् त काजी जस्तो’ भन्ने प्रतिक्रिया दर्शकले दिइरहेको अभिनेता विपिनले बताए । ‘दर्शकबाट यस किसिमको प्रतिक्रिया आउनुलाई दर्शक पात्र र कथासँग जोडिएको हो’, विपिनले भने ‘म काठमाडौँमा रहेका प्राय हलमा पुगे, जहाँ पनि दर्शक भावनात्मक हुनुभएको पाएँ ।’
फिल्मका निर्देशक लक्ष्मण रिजालले ‘काजी’ गाउँको मुखिया वा ठुलाबडाको कथा नभई प्रेम, समर्पण र सम्बन्धको भावनात्मक यात्रामा आधारित रहेको बताए ।
अभिनेत्री केकी अधिकारीले पनि आफ्नो अभिनय यात्रामा ‘काजी’ विशेष महत्त्व राख्ने बताइन् । रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका निर्माता रामप्रसाद रिजाल हुन् ।
फिल्ममा विपिन कार्की र केकी अधिकारीसँगै गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीपबाबु लोहनी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा र प्रशंसा सुवेदीलगायत कलाकारहरूको अभिनय छ ।
फिल्मको पटकथा प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा चिन्तन राजभण्डारीको छायाङ्कन निर्देशन, कालीप्रसाद बास्कोटाको संगीत, सुजिल कर्माचार्यको पाश्र्व सङ्गीत तथा कविराज गहतराजको नृत्य निर्देशन छ । फिल्ममा नेहान रिजाल र विकासराज जोशी निर्माता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण