शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

रुसी आक्रमणमा युक्रेनमा चार जनाको मृत्यु, दर्जनौं घाइते

आइतबार, १० जेठ २०८३, १६ : ०६
आइतबार, १० जेठ २०८३

सारांश

  • युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार राजधानी किभसहित युक्रेनका विभिन्न क्षेत्रमा रूसले ठूलो मात्रामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ ।
  • यस रुसी आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी घाइते भएको र आक्रमणमा आवासीय भवन र विद्यालयहरूलाई समेत निशाना बनाइएको छ ।
  • यो आक्रमण युक्रेनले रुसी नागरिक पूर्वाधारमाथि गरेको हवाई हमलाको जवाफ भएको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ ।

किभ ।  राजधानी किभसहित युक्रेनका विभिन्न क्षेत्रमा रूसले ठूलो मात्रामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । 

यस आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी घाइते भएको बताइएको छ । रूसी आक्रमणका क्रममा राजधानी किभलाई मुख्य लक्ष्य बनाइएको थियो । आक्रमणमा आवासीय भवन र विद्यालयहरूलाई समेत निशाना बनाइएको थियो । 

रुसी रक्षा मन्त्रालयले आक्रमणमा ‘ओरेश्निक’ हाइपरसोनिक मिसाइल प्रयोग गरिएको दाबी गरेको छ । यो आक्रमण युक्रेनले गरेको रुसी नागरिक पूर्वाधारमाथि गरेको हवाई हमलाको जवाफ भनिएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले हालै गरेको आक्रमणलाई आतंकवादी कदम  भन्दै प्रतिशोधात्मक कदम चाल्ने आदेश दिएका थिए । 

युक्रेनले गरेको आक्रमणमा स्टारोबिल्स्कमा छात्रावासमा २१ जनाको मृत्यु भएको भएकोबताएको छ । तर युक्रेनी सेनाले भने उक्त क्षेत्रमा आफूहरूले कुलीन रूसी सैन्य इकाईलाई लक्षित गरेको दाबी गरेको छ । युक्रेनका सेनाले रूसको दाबीलाई पूर्ण रूपमा स्वीकार नगरेको र घटनाबारे स्वतन्त्र पुष्टि भइरहेको जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप