सुकुमबासी बस्ती हटेपछि बागमती करिडोर खुला, सौन्दर्यीकरणको काम अघि बढ्ने
सारांश
- थापाथलीस्थित सुकुमबासी बस्ती हटाइएपछि बागमती नदी किनार क्षेत्र खुला र फराकिलो देखिएको छ।
- बागमती करिडोर विस्तार तथा नदी किनार संरक्षणको उद्देश्यसहित सञ्चालित अभियानपछि नदी किनार सफा, व्यवस्थित र खुला देखिएको छ।
- बस्ती हटाइएपछि करिडोर क्षेत्रको सौन्दर्य बढ्नुका साथै नदी सफाइ अभियानलाई सहज हुने अपेक्षा गरिएको छ।
काठमाडौँ । सरकारले थापाथलीस्थित सुकुमबासी बस्ती हटाइएपछि बागमती नदी किनार क्षेत्र अहिले खुला र फराकिलो देखिन थालेको छ।
वर्षौँदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएका टहरा तथा अस्थायी संरचना हटाइएपछि उक्त क्षेत्रको स्वरूपमा परिवर्तन देखिएको हो।
_5VreNzT7YQ.jpg)
बागमती करिडोर विस्तार तथा नदी किनार संरक्षणको उद्देश्यसहित सञ्चालन गरिएको खाली गराउने अभियानपछि अहिले नदी किनार सफा, व्यवस्थित र खुला देखिएको छ। पहिले बाक्लो टहरा, साँघुरा गल्ली र फोहोरले भरिएको क्षेत्र अहिले खुला मैदानजस्तै देखिन थालेको छ।
_4UwvgqYCLQ.jpg)
थापाथली क्षेत्र बागमती करिडोरको महत्त्वपूर्ण भाग मानिन्छ। नदी किनार अतिक्रमणका कारण वर्षेनी बाढी र फोहोर व्यवस्थापनमा समस्या हुँदै आएको थियो। बस्ती हटाइएपछि करिडोर क्षेत्रको सौन्दर्य बढ्नुका साथै नदी सफाइ अभियानलाई पनि सहज हुने अपेक्षा गरिएको छ।
_7UrCG9Zprb.jpg)
यद्यपि, बस्ती हटाउने कार्यसँगै विस्थापित परिवारहरूको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। आफूहरू वर्षौँदेखि बस्दै आएको स्थानबाट हटाइँदा वैकल्पिक आवासको व्यवस्था छिटो हुनुपर्ने उनीहरूको माग छ। मानव अधिकारकर्मी तथा अधिकारवादी संस्थाहरूले बस्ती हटाउँदा पुनःस्थापनाको स्पष्ट योजना आवश्यक पर्ने बताएका छन्। उनीहरूका अनुसार विकास निर्माणसँगै नागरिकको आधारभूत आवास अधिकारलाई पनि प्राथमिकता दिनुपर्छ।
_7EeR42byUB.jpg)
महानगरपालिकाले भने सार्वजनिक जग्गा संरक्षण, नदी किनार व्यवस्थापन र सहरी सौन्दर्य सुधारका लागि यो अभियान आवश्यक रहेको जनाएको छ। आगामी दिनमा करिडोर क्षेत्रलाई थप व्यवस्थित बनाउँदै हरियाली, पैदलमार्ग र सार्वजनिक उपयोगका संरचना निर्माण गरिने योजना रहेको बताइएको छ।
_L1hqFZEvGa.jpg)
थापाथली सुकुमबासी बस्ती हटाइएपछि अहिले उक्त क्षेत्रको दृश्य पूर्ण रूपमा बदलिएको छ। पहिले अव्यवस्थित र भीडभाडयुक्त देखिने नदी किनार अहिले खुला, सफा र व्यवस्थित देखिन थालेको छ।
_ewsjtrTRWg.jpg)
_mMCAAmbp8M.jpg)
_oALQJeKiZj.jpg)
_nsCzIjh0qI.jpg)
_3ZOmqzRTYe.jpg)
_TGFiAd64jw.jpg)
_o5EaGM4FTa.jpg)
_BeihWhEfBE.jpg)
_0bx07uocov.jpg)
_ASQGKbyKvS.jpg)
_WwDlpdqgMx.jpg)
_GYWLFUeVmz.jpg)
_lpAm7EgWAs.jpg)
_4jc3UQBEQa.jpg)
_AuR4pisbLO.jpg)
तस्बिर : सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण