कक्रोच जनता पार्टीका गतिविधि अनुसन्धान गर्न माग गर्दै याचिका दायर
सारांश
- भारतमा नक्कली वकिल र ककरोच जनता पार्टी (सीजेपी) को गतिविधि अनुसन्धान गर्न सर्वोच्च अदालतमा याचिका दायर गरिएको छ ।
- नक्कली डिग्री प्रयोग गरी कानुन अभ्यास गर्ने वकिल र अदालतको टिप्पणीलाई प्रचारका लागि प्रयोग गर्ने व्यक्तिमाथि कारबाहीको माग गरिएको छ ।
- ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिपकेको घरमा प्रहरी सुरक्षा थपिएको छ ।
नयाँ दिल्ली । भारतमा नक्कली वकिल र ककरोच जनता पार्टी (सीजेपी)सँग सम्बन्धित गतिविधिहरूको अनुसन्धान गर्न मागसहित सर्वाेच्च अदालतमा याचिका दायर गरिएको छ । सीजीपे हालै उदाएको भारतीय व्यङ्ग्यात्मक डिजिटल समूह हो, जसले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ ।
याचिकामा अदालतको कार्यवाहीको क्रममा गरिएका मौखिक टिप्पणीहरू कथित रूपमा प्रयोग व्यावसायिक लाभको लागि प्रयोग गर्ने व्यक्तिहरू विरुद्ध कारबाहीको माग गरिएको छ ।
नक्कली डिग्री प्रयोग गरेर कानुन अभ्यास गर्ने कथित नक्कली वकिलहरूको अनुसन्धान गर्न पनि याचिकामा माग गरिएको छ । अदालतको कारबाहीको क्रममा गरिएका टिप्पणी र अवलोकनहरू प्रचार प्रसार अभियानका लागि प्रयोग गरिरहेको याचिकामा दाबी गरिएको छ ।
सुनुवाइको क्रममा भारतका प्रधानन्यायाधीश न्यायाधीश सूर्यकान्तले साङ्ला र परजीवीबारे एउटा टिप्पणी गरेका थिए । उनको यही विवादित टिप्पणी पछि कक्रोच जनता पार्टीको जन्म भएको हो ।
सीजेपीका संस्थापक दिपकेको घरलाई सुरक्षा
महाराष्ट्रको छत्रपति संभाजीनगरको एमआईडीसी वालुज क्षेत्रमा रहेको ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिपकेको घरमा प्रहरी सुरक्षा दिइएको छ । प्रहरी अधिकारी पंकज अतुलकरले आइतबार यो घोषणा गरेका हुन् । बेरोजगारी, परीक्षा पत्र चुहावट, शिक्षासँग सम्बन्धित मुद्दा र राजनीतिक बयानहरू मार्फत सीजेपी पछिल्लो समय भारतमा भाइरल भइरहेको छ ।
दिपकेको घरमा २४सैं घण्टा सामान्य प्रहरी सुरक्षा प्रदान गरिएको बताइएको छ । सीजेपीको मुद्दा हाल सामाजिक सञ्जालमा ट्रेन्डिङमा छ । डीसीले सुरक्षा धम्कीका कारण सुरक्षा दिइएको कुरा अस्वीकार गरेका छन् । दिपकेको घरमा भीड जम्मा हुनबाट रोक्न यो कदम चालिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण