मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

‘परालको आगो’, ‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ ले कति गरे आम्दानी ?

सोमबार, ११ जेठ २०८३, १५ : २१
सोमबार, ११ जेठ २०८३

काठमाडौँ । चलचित्र ‘परालको आगो’ले ४ करोड २७ लाख बढीको ब्यवसाय गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको गत शनिबारसम्मको बक्सअफिस रिपोर्टमा चलचित्रले ४ करोड २७ लाख ५३ हजार ६४८ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । सोही अवधिसम्म यो चलचित्रलाई १ लाख ५३ हजार ९२५ जनाले हेरेका छन् ।

त्यस्तै, आँचल शर्माको ‘एक मुठ्ठी बादल’ले ५ लाख २१ हजार ८२५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । सोही अवधिसम्म यो चलचित्रलाई १५ हजार १ जनाले हेरेका छन् ।

त्यस्तै अर्काे चलचित्र ‘लाइफ ड्यामेज’ ले २८ लाख ४६ हजार १७० रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यस चलचित्रलाई ९ हजार २४१ जनाले हेरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप