बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

क्यानले गर्‍यो क्रिकेटरहरूको वर्गीकरणः रोहित, सन्दीप दीपेन्द्र 'ए' प्लसमा

सोमबार, ११ जेठ २०८३, १८ : ३४
सोमबार, ११ जेठ २०८३

काठमाडौँ । नेपाल क्रिकेट संघले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूलाई पाँच फरक श्रेणीमा वर्गीकरण गरेको छ ।

संघले आइतबार सार्वजनिक गरेको सूचीअनुसार खेलाडीहरूलाई ‘ए प्लस’, ‘ए’, ‘बी’, ‘सी’ र ‘विकास’ समूहमा राखिएको हो ।

संघले शीर्ष श्रेणी ‘ए प्लस’ मा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेलाई समेटेको छ । त्यस्तै ‘ए’ श्रेणीमा आसिफ शेख, करण केसी, कुशल भुर्तेल र सोमपाल कामी रहेका छन् । ‘बी’ श्रेणीमा आरिफ शेख, भीम सार्की, गुल्शन झा, ललित राजवंशी र नन्दन यादव परेका छन् ।

‘सी’ श्रेणीमा अनिल शाह, अर्जुन कुमाल, बासिर अहमद, विनोद भण्डारी, हेमन्त धामी, ईशान पाण्डे, कुशल मल्ल, लोकेश बम, शाहब आलम, शेर मल्ल र सुन्दीप जोरा समावेश छन् ।

यस्तै विकास समूहमा अर्जुन घर्ती, अर्जुन साउद, आकाश चन्द, विपिन खत्री, दीपक डुम्रे, देव खनाल, नारायण जोशी, पवन सर्राफ, राशिद खान, रिजन ढकाल, सन्तोष यादव, तृतराज दास, युवराज खत्री, सागर ढकाल र प्रतीश जिसीलाई राखिएको छ ।

यो वर्गीकरण सन् २०२६ भरिका लागि हो । पहिलोपटक तीन जना खेलाडी 'ए' प्लस क्याटेगोरीमा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप