अण्डाको नयाँ मूल्य
बढ्यो अण्डाको मूल्य, अब एक क्रेटकै ५४५ रुपैयाँ
सोमबार, ११ जेठ २०८३, १९ : ५६
चितवन । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन मूल्य तोकेको छ ।
संघको मिति २०८३ जेठ ११ गते बनेपा र काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकको निर्णय अनुसार नयाँ मूल्य निर्धारण गरिएको हो ।
संघले चितवनलाई आधार मानेर तोकेको नयाँ मूल्य जेठ १२ गतेदेखि नै लागू हुनेछ । संघका सचिव मदन पोखरेलका अनुसार विभिन्न साइजका अण्डाको प्रतिक्रेट मूल्य निम्न अनुसार कायम गरिएको छः
एक्सएल अण्डाः ५४५ रुपैयाँ
ठूलो अण्डा ५३० रुपैयाँ
मध्यम अण्डा ५०० रुपैयाँ
सानो अण्डा ४०० रुपैयाँ
यस्तै, उपभोक्ताका लागि प्रतिगोटा अण्डाको खुद्रा मूल्य २५ रुपैयाँ तोकिएको छ ।
संघले सम्पूर्ण व्यवसायी तथा सरोकारवालाहरूलाई तोकिएकै मूल्यमा कारोबार गर्न अनुरोध गरेको छ ।
यसअघिको मूल्य
_l09xXVkldx.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण