कृषि विश्वविद्यालयमा नयाँ पदाधिकारी
सारांश
- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा नयाँ रजिष्टार नियुक्त भएका छन् ।
- उपकुलपतिले तीन सङ्कायका डिन र निर्देशकसमेत नियुक्त गरेका छन् ।
- नवनियुक्त पदाधिकारीहरूले विश्वविद्यालयको जिम्मेवारी सम्हालेका छन् ।
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्टारमा प्राडा सुविरसिंह नियुक्त भएका छन् । उपकुलपति प्राडा होमबहादुर बस्नेतको सिफारिसमा प्रधानमन्त्री एवं कुलपति वालेन्द्र शाहले रिक्त रहेको रजिष्टार पदमा नियुक्त गरेका हुन् ।
यसअघि प्रधानमन्त्री शाहले बस्नेतलाई अर्को व्यवस्था नभएसम्मका लागि उपकुलपतिमा नियुक्त गरेका थिए । उपकुलपति बस्नेतले तीन सङ्कायका डिन र निर्देशकसमेत नियुक्त गरेका छन् । उनले कृषि सङ्कायको डिनमा प्राडा सुन्दर तिवारी, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय डिनमा डा शङ्करराज बर्सिला नियुक्त गरेका छन् ।
वन विज्ञान सङ्कायको डिनमा डा गान्धिव काफ्ले, अनुसन्धान तथा प्रसार निर्देशनालयको निमित्त निर्देशकमा डा उज्जल तिवारी, जैविक प्रविधि केन्द्रको निर्देशकमा डा हिमाल लुइँटेल र पाठ्यक्रम विकास केन्द्रको निर्देशकमा डा अनिलकुमार तिवारी नियुक्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण