प्रतिबन्धित लागू औषधसहित २ जना पक्राउ
मङ्गलबार, १२ जेठ २०८३, ०८ : २३
सारांश
- इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले बेलका नगरपालिका वडा नं. ९ कमलाबारीबाट प्रतिबन्धित लागू औषधसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
- मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक सन्देश मगर र पछाडि सवार पारस राईलाई लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम २०० मिलिग्रामसहित पक्राउ गरिएको हो ।
- पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको छ ।
उदयपुर । इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका वडा नं. ९ कमलाबारीबाट प्रतिबन्धित लागू औषधसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
चतराबाट रामपुरतर्फ आउँदै गरेको बा ३० प ६००९ न. को मोटरसाइकललाई शङ्का लागि गएराति चेकजाँच गर्ने क्रममा चालक बेलका–४ बस्ने वर्ष २७ वर्षीय सन्देश मगर र सोही मोटरसाइकलको पछाडि सवार बेलका–३ बस्ने वर्ष २५ को पारस राईलाई प्रतिबन्धित लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम २०० मिलिग्रामसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका निजहरू दुबैलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण