बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

अमेरिकन म्युजिक अवार्डमा लगातार दोस्रो पटक बीटीएसलाई ‘आर्टिस्ट अफ द इयर’ अवार्ड

मङ्गलबार, १२ जेठ २०८३, १३ : ०३
मङ्गलबार, १२ जेठ २०८३

सारांश

  • दक्षिण कोरियाली के-पप समूह बीटीएसले अमेरिकन म्युजिक अवार्डमा लगातार दोस्रो पटक ‘आर्टिष्ट अफ दि इयर’ अवार्ड जितेको छ ।
  • बीटीएसले यस वर्ष ‘सङ अफ दि समर’ अवार्ड पनि जित्यो, जुन उनीहरूको एल्बमको मुख्य गीत स्विमलाई प्रदान गरिएको हो ।
  • अमेरिकन म्युजिक अवार्डमा विजेता पूर्ण रूपमा जनमतबाट चयन गरिन्छ, जसलाई 'फ्यानबेसको शक्ति'को प्रतिस्पर्धा मानिन्छ ।

वाशिङटन डीसी । दक्षिण कोरियाली के–पप समूह बीटीएसले अमेरिकन म्युजिक अवार्डमा लगातार दोस्रो पटक ‘आर्टिष्ट अफ दि इयर’ अवार्ड जितेको छ । यो अवार्ड समारोहको सबैभन्दा ठुलो सम्मान मानिन्छ । यसपटक बीटीएसले टेलर स्विफ्ट, ब्रुनो मार्स, ब्याड बन्नी टाईफ लेडी गागाजस्ता चर्चित कलाकारलाई पछि पार्दै सो उपाधि जितेको हो ।

लगभग चार वर्षको विश्रामपछि मार्चमा पुनः सक्रिय भएको बीटीएस अहिले विश्व भ्रमणमा छ । करिब एक अर्ब डलर मूल्यको विश्व टुर गरिरहेको समूहलाई अहिले विश्वकै सबैभन्दा प्रभावशाली संगीत समूहहरूमध्ये एक मानिन्छ । यस वर्ष बीटीएसले ‘सङ अफ दि समर’ अवार्ड पनि जित्यो । यो सम्मान उनीहरूको एल्बमको मुख्य गीत स्विमलाई प्रदान गरिएको हो । बीटीएसको लेबल पार्टनर क्याट्सेलाई ‘न्यू आर्टिष्ट अफ दि इयर’ उपाधि दिइएको छ ।

यसबीच एनिमेटेड फिल्म के पप– डेमन हन्टर्सको चर्चित गीत गोल्डनले ‘सङ्ग अफ दि इयर’अवार्ड जितेको छ । त्यस्तै सर्बिना कारपेन्टरको एल्बम म्यान्ज बेष्टलाई ‘एल्बम अफ दि इयर’ घोषणा गरिएको छ । गीतकोश्रेणीमा बीटीएसले ह्यारी स्टाइल्स, टेम इम्पाला तथा पिंकप्यान्थरेसलाई पछि पारेको थियो ।

अमेरिकन म्युजिक अवाड्र्समा मनोनयन व्यावसायिक सफलताका आधारमा तय गरिए पनि विजेता भने पूर्ण रूपमा जनमतबाट चयन गरिन्छ । एएमएको वेबसाइट र सामाजिक सञ्जालमार्फत प्रशंसकहरूले मतदान गर्ने भएकाले यी अवार्डलाई कलाकारभन्दा पनि ‘फ्यानबेसको शक्ति’को प्रतिस्पर्धा मानिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप