शिक्षा र स्वास्थ्य क्षेत्रमा हप्ताको दुई दिन बिदा दिने निर्णय पुनर्विचार गर्न माग
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले शिक्षा र स्वास्थ्य क्षेत्रमा हप्तामा दुई दिन बिदा दिने निर्णय पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन्।
- सांसद बुढाथोकीले यो निर्णय व्यावहारिक र सेवाग्राही मैत्री नभएको भन्दै यसले विद्यार्थी र नागरिकलाई समस्यामा पारेको बताएका छन्।
- उनले सार्वजनिक विद्यालयहरूको समायोजन गरी आवासीय विद्यालय बनाउँदा शिक्षाको गुणस्तर सुधार हुने र यसमा सरकारको ध्यान जानुपर्ने सुझाव दिएका छन्।
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले शनिबार र आइतबार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाका सांसद बुढाथोकीले शिक्षा र स्वास्थ्य क्षेत्रमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कुनै पनि पक्षबाट सही नभएको भन्दै यसमा पुनर्विचार गर्न सरकारसँग माग गरेका हुन्।
शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सरकारको सो निर्णय व्यावहारिक र सेवाग्राही मैत्री नभएको उनको तर्क थियो।
बैठकमा बोल्दै सांसद बुढाथोकीले भने, ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको हप्तामा दुई दिनको बिदा व्यावहारिक नभएको व्यापक गुनासो प्राप्त भयो। यसले विद्यार्थी बरालिने र पाठ्यक्रम पूरा गर्न समस्या सिर्जना गरेको छ। साथै दुई दिनको बिदाको कारण नागरिकहरू आकस्मिक स्वास्थ्य सेवाबाट समेत वञ्चित हुनुपर्ने अवस्था छ। शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रमा यो व्यवस्था तत्काल पुनर्विचार गर्न सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु। गाउँका विद्यालयहरूमा विद्यार्थी सङ्ख्या अत्यन्तै न्यून भएर विद्यार्थीहरूको लागत बढिरहेको छ। विद्यालयहरू समायोजन गरी आवासीय विद्यालयहरू बनाउँदा शिक्षाको गुणस्तरमा सुधार हुने देखिन्छ। यसतर्फ सरकारको ध्यान जाओस्।’
सांसद बुढाथोकीले सार्वजनिक विद्यालयहरूको समायोजन कार्यमा तीव्रता दिन सरकारलाई सचेत गराउँदै सरकारी विद्यालयहरूमा गुणस्तरीय शिक्षा र सेवा प्रदान गर्नका लागि सरकारले उचित पहल गर्नुपर्ने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण