लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
सारांश
- लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ, जसमा आर्थिक वर्ष २०८३-०८४ को नीति तथा कार्यक्रममाथिको छलफल सकिनेछ ।
- बैठकमा विपक्षी दलका नेता जोख बहादुर महराले विशेष सम्बोधन गर्नेछन् र सामाजिक विकास मन्त्रीले थारु समुदाय सम्बन्धी विधेयक पेस गर्नेछन् ।
- मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् र त्यसपछि सो कार्यक्रम पारित गरिनेछ ।
बुटवल । लुम्बिनी प्रदेश सभा बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रममाथिको छलफल टुङ्ग्याइने कार्यसूची रहेको छ ।
प्रदेश सभा सचिवालयका अनुसार बैठकको प्रारम्भमा विपक्षी दलका नेता जोख बहादुर महराले विशेष समयमा सम्बोधन गनेछन् । त्यसपछि सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण सम्बन्धी विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राख्ने तथा छलफलको जवाफ सामाजिक विकास मन्त्री तिमिल्सिनाले दिनेछन् ।
यसैगरी, लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रममाथि जारी छलफलमा उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्यले दिनेछन् । त्यसपछि नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेस हुने र सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बैठकमा मुख्यमन्त्री आचार्यले विभिन्न आयोगका वार्षिक प्रतिवेदनहरू पनि प्रदेश सभामा पेस गर्नुहुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण