६ महिनाको अवधिमा लागूऔषध कारोबारमा संलग्न ४ हजार ६०० भन्दा बढी पक्राउ
सारांश
- ६ महिनाको अवधिमा देशभरबाट लागूऔषध कारोबारमा संलग्न ४ हजार ६ सय ६६ जना व्यक्तिहरूलाई पक्राउ गरिएको छ ।
- सोही अवधिमा ११ हजार १ सय ९ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी ४ हजार ४ सय ७० वर्ष कैद सजाय कार्यान्वयनमा ल्याइएको छ ।
- करिब १ अर्ब रूपैयाँ बराबरको सुन, चाँदी, भन्सार छली, हुण्डी, स्रोत नखुलेको रकम लगायतका राजश्व चुहावटका गतिविधिमा संलग्न ७ सय ५८ जना व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाही गरिएको छ ।
काठमाडौं । ६ महिनाको अवधिमा देशभरबाट लागूऔषध कारोबारमा संलग्न ४ हजार ६ सय ६६ जना व्यक्तिहरूलाई पक्राउ परेका छन् ।
उक्त अवधिमा गाँजा २२ हजार ६ सय २० किलो, चरेस ४ सय ४३ किलो, खैरो हेरोइन १९ किलो, पोलेन १४ किलो, अफिम १६ किलो तथा नाइट्राभेट ३५ हजार ९ सय ३ ट्याब्लेट, डाइजेपाम २४ हजार ३ सय ८७ एम्पुल, फेनारगन ३५ हजार ४ सय ५७ एम्पुल, ब्रुप्रेनोर्फिन २३ हजार ६ सय ९६ एम्पुल, लुपिजेसिक ४२ एम्पुल, स्पास्मो ६९ हजार ८७८ ट्याब्लेट, ट्रामा ६ लाख ८२ हजार १ सय ५८ ट्याब्लेट, प्रोमेथाजाइन १ हजार ७४ ट्याब्लेट समेत बरामद भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
यसैगरी सोही अवधिमा ११ हजार १ सय ९ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी ४ हजार ४ सय ७० वर्ष कैद सजाय कार्यान्वयनमा आएको र १ अर्ब १० करोड ३८ लाख ९४ हजार ६ सय २५ रूपैयाँ बराबरको जरिवाना असुल उपर गरिएको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा ३ अर्ब ११ करोड ५२ लाख ६३ हजार ३ सय १० रूपैयाँ बिगो रकम दाबी सहित १ सय ३ जना प्रतिवादी विरूद्ध कानुनी कारबाही गरिएको छ । करिब १ अर्ब रूपैयाँ बराबरको सुन, चाँदी, भन्सार छली, हुण्डी, स्रोत नखुलेको रकम लगायतका राजश्व चुहावटका गतिविधिमा संलग्न ७ सय ५८ जना व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाही गरिएको छ ।
यसैगरी अवैध हातहतियार तथा विष्फोटक पदार्थ सहित १ सय २७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
-
वैदेशिक रोजगारीका पीडितका लागि अनलाइन उजुरी प्रणाली सुरु, काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य
-
निर्वाचन अयुक्तहरूको सुनुवाइ साउन १२ र १३ गते हुने
-
पाँच महिना लामो अमेरिका–इरान युद्ध हुँदासमेत किन बढेन प्रक्षेपणअनुसार इन्धनको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण