‘अत्यधिक भारवाहक सवारीको तीव्र गतिले सर्वसाधारणको ज्यान जोखिममा’
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठले सडकमा अत्यधिक भारवाहक सवारी साधनको तीव्र गतिको कारण सर्वसाधारणको ज्यान जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
- सांसद श्रेष्ठले निर्धारित गति सीमाभन्दा बढी गतिमा सवारी चलाउने, जीर्ण अवस्थाका सवारी साधन प्रयोग गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाएको बताइन्।
- उनले कार्यविनायक-नखु लगायतका क्षेत्रमा निगरानी बढाउन र तीव्र गतिका सवारी साधनलाई नियन्त्रण गरी सडक सुरक्षा कायम गर्न माग गरेकी छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठले सडकमा गुड्ने अत्यधिक भारवाहक सवारी साधनको तीव्र गतिका कारण सर्वसाधारणको ज्यान जोखिममा परेको भन्दै संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद श्रेष्ठले ललितपुरको कार्यविनायक–नखु सडकखण्डमा भएको एक दुर्घटनाको उदाहरण दिँदै सडक सुरक्षा चुनौतीबारे चर्चा गरेकी हुन्।
सांसद श्रेष्ठले निर्धारित गति सीमाभन्दा कैयौँ गुणा बढी गतिमा सवारी चलाउने प्रवृत्ति बढेको उल्लेख गरिन्। यस्ता सवारी साधनहरूको अवस्था जीर्ण हुने, टायर खिइएका हुने र ब्रेकले समेत राम्रोसँग काम नगर्ने हुँदा दुर्घटनाको जोखिम उच्च रहेको उनले बताइन्।
विशेष गरी बिहानको समयमा काठमाडौँ उपत्यका छिर्ने र भित्री सडकमा गुड्ने सवारी साधनहरूमा यो समस्या बढी देखिएको उनको दाबी छ। ट्राफिक प्रहरीले हालैका दिनमा ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई कारबाही गर्ने र सामाजिक सञ्जालमार्फत सचेतना फैलाउने कार्य सकारात्मक रहेको उल्लेख गर्दै उनले कार्यविनायक–नखु लगायतका क्षेत्रमा निगरानी बढाउन माग गरिन्।
बैठकमा बोल्दै उनले भनिन्, ‘नर्मल स्पिड लिमिट ३० किलोमिटर प्रतिघण्टा तोकिएको स्थानमा यस्ता हेभी लोड बोकेका सवारीहरू ८० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्ने गरेका छन्।’
सांसद श्रेष्ठले सभामुखमार्फत सम्बन्धित निकायलाई तीव्र गतिका सवारी साधनलाई तत्काल नियन्त्रण गरी सडक सुरक्षा कायम गर्न आग्रह गरेकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पोखरामा डेढ वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्य
-
बर्नहाम बने बेलायतका ५९ औँ प्रधानमन्त्री, राजा चार्ल्सद्वारा सरकार गठनको आह्वान
-
चुरे संरक्षण र कृषि औजार कारखानाको दुर्दशा : सरकारी दाबी र यथार्थ फरक रहेको सांसदहरूको आरोप
-
रोशी खोलाले बगाएर काभ्रेमा एक जनाको मृत्यु
-
बजेट नआए पनि सुदूरपश्चिममा नियमित प्रशासनिक काम राेकिँदैनन् : अर्थमन्त्री धामी
-
बागमतीमा कम्युनिस्ट गठबन्धनलाई प्राथमिकता दिने दुई दलको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण