आफ्नो उपचारको लागि भइरहेको आर्थिक सहयोग सङ्कलन स्थगित गर्न न्यायाधीश श्रेष्ठको आग्रह
बुधबार, १३ जेठ २०८३, १२ : २९
सारांश
- सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्नो उपचारका लागि न्याय सेवा अधिकृत समाजले सङ्कलन गर्दै गरेको आर्थिक सहयोग स्थगित गर्न आग्रह गरेका छन् ।
- बोनम्यारो समस्याका कारण भारतको नयाँदिल्ली स्थित राजीव गान्धी क्यान्सर अस्पतालमा न्यायाधीश श्रेष्ठको उपचार भइरहेको छ ।
- गत वैशाख ११ गतेदेखि गम्भीर बिरामी भएपछि भारतमा उपचार गराइरहेका श्रेष्ठले स्वास्थ्यमा चासो दिने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्नो उपचारका लागि भन्दै न्याय सेवा अधिकृत समाजले सङ्कलन गर्दै आएको आर्थिक सहयोग स्थगित गर्न आग्रह गरेका छन् ।
बोनम्यारो समस्याका कारण भारतको नयाँदिल्ली स्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन् ।
श्रेष्ठको उपचारका लागि भन्दै न्याय सेवा अधिकृत समाजले न्यायपालिकामा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई स्वैच्छिक आर्थिक सहयोग गर्न आह्वान गरेको थियो ।
उनले आफ्नो स्वास्थ्यलाई लिएर चासो, चिन्ता, स्वास्थ्यलाभ र सद्भाव व्यक्त गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् । श्रेष्ठ गत वैशाख ११ गतेदेखि गम्भीर बिरामी भएपछि भारतमा उपचाररत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण