हिमालको संरक्षण र दिगो पर्यटनमा सरकार प्रतिबद्ध छ : पर्यटनमन्त्री पौडेल
सारांश
- पर्यटनमन्त्री खडकराज पौडेलले हिमालको संरक्षण, पर्वतारोहीको सुरक्षा र दिगो पर्यटन प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
- मन्त्री पौडेलले हिमालय क्षेत्रको संरक्षणलाई साझा विश्वव्यापी दायित्व भएको र जलवायु परिवर्तनले हिमनदी पग्लिने समस्या बढाएको उल्लेख गरे ।
- उनले नेपाललाई साहसिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न गाइड, शेर्पा, उद्धारकर्मी र पर्यटन व्यवसायीहरूको योगदानको प्रशंसा गरे ।
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले हिमालको संरक्षण, पर्वतारोहीको सुरक्षा र दिगो पर्यटन प्रवर्द्धनका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । बुधवार काठमाडौँमा ‘एभरेष्ट समिटर्स समिट २०२६’ लाई सम्बोधन गर्दै मन्त्री पौडेलले हिमालय क्षेत्रको संरक्षण नेपालको मात्र नभई साझा विश्वव्यापी दायित्व भएको उल्लेख गरे ।
मन्त्री पौडेलले सगरमाथा आरोहीहरूको साहस र दृढ सङ्कल्पको प्रशंसा गरे । समिटका क्रममा आयोजित राष्ट्रपतिसँगको ‘प्रेसिडेन्सियल ब्रेकफास्ट’ र आरोहीहरूको शपथ ग्रहण समारोहलाई उनले राष्ट्रिय गौरव र जिम्मेवारीको प्रतीकका रूपमा चित्रण गरे ।
मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण सिर्जित चुनौतीहरूप्रति चिन्ता व्यक्त गर्दै हिमालय क्षेत्रमा देखिएको हिमनदी पग्लिने समस्या र जैविक विविधताको ह्रासलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए । हिमालहरू एसियाका लागि ‘वाटर टावर’ का रूपमा रहेको स्मरण गराउँदै उनले यसको अस्तित्व जोगाउन वैज्ञानिक सहकार्य र साझा लगानी आवश्यक रहेकोमा जोड दिए ।
उनले नेपाललाई विश्वकै साहसिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न गाइड, शेर्पा, उद्धारकर्मी र पर्यटन व्यवसायीहरूको अतुलनीय योगदान रहेको स्वीकार गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण