सांसदले उठाएका प्रश्नको सरकारले कहिल्यै जवाफ दिँदैन, हामी सधैँ नाजवाफ भएर फर्किनुपर्छ : देवकोटा
सारांश
- नेकपा (एमाले) की सांसद सम्झना देवकोटाले सरकारले राष्ट्रिय सभाको शून्य र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ नदिएको भन्दै आपत्ति जनाएकी छन्।
- उनले शून्य र विशेष समयमा सांसदहरूले उठाउने धारणा तथा जिज्ञासाप्रति सरकारले पूर्ण रूपमा बेवास्ता गरेको आरोप लगाएकी हुन् ।
- उनले सरकारले जवाफ नदिए शून्य र विशेष समयको कुनै महत्त्व नरहने स्पष्ट पारिन्।
काठमाडौँ । नेकपा (एमाले) की सांसद सम्झना देवकोटाले सरकारले राष्ट्रिय सभाको शून्य र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ नदिएको भन्दै आपत्ति जनाएकी छन्।
सभाको बुधबारको बैठकमा बोल्दै उनले शून्य र विशेष समयमा सांसदहरूले उठाउने धारणा तथा जिज्ञासाप्रति सरकारले पूर्ण रूपमा बेवास्ता गरेको आरोप लगाएकी हुन् ।
सरकारले यो सभालाई महत्त्व नदिएको हो भन्दै प्रश्न गर्दै उनले यदि सरकारले जवाफ नदिने हो भने सभाको शून्य समय र विशेष समयको कुनै महत्त्व नरहने स्पष्ट पारिन्। बैठकमा बोल्दै उनले भनिन्, ‘शून्य समय र विशेष समयमा राखेका हाम्रा धारणा र जिज्ञासाहरूको सरकारले कहिले पनि जवाफ दिएको छैन । हामी सधैँ नाजवाफ भएर फर्किएका छौँ । सरकारले यो सभालाई महत्त्व नदिएको हो ? अथवा उहाँहरूले त्यो जानकारी लिन नसक्नुभएको हो ? यदि सरकारबाट कुनै जवाफ नपाउने हो भने यो शून्य समय र विशेष समयको कुनै महत्त्व रहेन ।’
संसद्को बैठकमा शून्य र विशेष समयमा उठ्ने जनसरोकारका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिने प्रचलन रहँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण