घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई रोजगारीकाे व्यवस्था गर्न सिफारिस
सारांश
- भदौ २३ र २४ गतेको प्रदर्शनमा घाइते भएकाहरूको बाँकी सम्पूर्ण उपचार तथा औषधिको निःशुल्क व्यवस्था गर्न सिफारिस गरिएको छ।
- जीविकोपार्जनको श्रोत नभएका मृतकका आश्रित परिवारको कम्तीमा एक जनालाई रोजगारी वा स्वरोजगारीको व्यवस्था गर्न सिफारिस गरिएको छ।
- प्रदर्शनका क्रममा अपाङ्गता भई सहयोगी आवश्यक पर्ने घाइतेहरूलाई आजीवन सहयोगी वा सहयोगी भत्ता उपलब्ध गराउन सिफारिस गरिएको छ।
काठमाडौँ । मानव अधिकार उल्लङ्घन सम्बन्धमा तयार पारेको छानबिन समितिको प्रतिवेदनमा भदौ २३ र २४ गतेको प्रदर्शनमा घाइते भएकाहरूको बाँकी सम्पूर्ण उपचार तथा औषधिको निःशुल्क व्यवस्था गर्न भनिएको छ।
राष्ट्रिय मानव अधिकार आयोगले बुधकार सार्वजनिक गरेको प्रतिवेदनको ११ नम्बर बुँदामा उक्त विषय उल्लेख गरिएको छ ।
घाइते भई हालसम्म पनि उपचाररत, जीवनभर र भविष्यमा पनि लामो समय उपचार गरिराख्नु भनी रजिस्टर्ड चिकित्सकहरूबाट घाइतेहरूको उपचार र औषधि निःशुल्क रूपमा व्यवस्था गर्न भनिएको छ ।
त्यस्तै १२ नम्बर बुँदामा जीविकोपार्जनको श्रोत नभएका मृतकका आश्रित परिवारको कम्तीमा एक जना परिवारलाई रोजगारी वा स्वरोजगारीको व्यवस्था गर्न र त्यसका लागि प्रदेश र स्थानीय सरकारलाई जिम्मेवार बनाउन सिफारिस गरिएको छ।
सिफारिसको १३ नम्बर बुँदा प्रदर्शनका क्रममा अपाङ्गता भई सहयोगी आवश्यक पर्ने घाइतेहरूलाई आजीवन सहयोगी वा सहयोगी भत्ता उपलब्ध गराउन सिफारिस गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण