एनसेललाई गुणस्तर र वातावरण व्यवस्थापनमा अन्तर्राष्ट्रिय मान्यता, पायो आईएसओ ९००१ र १४००१ प्रमाणपत्र
सारांश
- एनसेलले गुणस्तर व्यवस्थापनका लागि आईएसओ ९००१ र वातावरणीय व्यवस्थापनका लागि आईएसओ १४००१ प्रमाणपत्र प्राप्त गरेको छ।
- यी प्रमाणपत्रहरूले एनसेलको उच्च गुणस्तरीय सेवा र वातावरणीय प्रभावलाई न्यूनतम राख्ने प्रतिबद्धता पुष्टि गर्दछ।
- यस मान्यताले एनसेलका ग्राहक, उद्यमी, व्यावसायिक साझेदार, नियामक निकाय र लगानीकर्ताहरूमा थप विश्वास बढाएको छ।
काठमाडौँ । नेपालको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो सेवाको गुणस्तर र वातावरणीय जिम्मेवारीका लागि दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय मानकीकरण प्रमाणपत्र प्राप्त गरेको छ।
कम्पनीले गुणस्तर व्यवस्थापन प्रणालीका लागि ‘आईएसओ ९००१’ र वातावरणीय व्यवस्थापन प्रणालीका लागि ‘आईएसओ १४००१’ को मान्यता पाएको हो।
यी अन्तर्राष्ट्रिय मापदण्डहरूले एनसेलको उच्च गुणस्तरीय सेवा प्रदान गर्ने र व्यवसाय सञ्चालनका क्रममा वातावरणमा पर्ने प्रभावलाई न्यूनतम राख्ने प्रतिबद्धतालाई पुष्टि गरेको कम्पनीले जनाएको छ।
आईएसओ ९००१ ले ग्राहकको आवश्यकता र नियामक निकायको प्रावधानअनुसार व्यवस्थित प्रक्रिया अपनाएको सुनिश्चित गर्दछ भने आईएसओ १४००१ ले फोहोरमैला व्यवस्थापन र वातावरणीय कानुनको प्रभावकारी पालनाका लागि मार्गदर्शन गर्दछ।
यस उपलब्धिबारे बोल्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले यसअघि डाटा सुरक्षा र गोपनीयताका लागि आईएसओ २७००१ र २७७०१ प्राप्त गरिसकेको सन्दर्भ जोड्दै नयाँ मान्यताले कम्पनीको सेवाप्रति थप विश्वास बढाएको बताए। उनले भने, “हाम्रो व्यवसाय बी टु सी, बी टु बी वा बी टु जी जुन क्षेत्रमा भए पनि यी मान्यताहरूले हाम्रो कार्यप्रणाली विश्वव्यापी मापदण्डअनुसार बलियो छ भन्ने प्रमाणित गरेको छ।”
एनसेलले यसअघि पुस २०८१ मा डाटा सुरक्षासँग सम्बन्धित आईएसओ २७००१:२०२२ र आईएसओ २७७०१:२०१९ को मान्यता पाएको थियो, जसलाई यो वर्ष पनि नवीकरण गरिएको छ। यस्तो विशिष्ट प्रमाणीकरण प्राप्त गर्ने एनसेल नेपालको पहिलो दूरसञ्चार कम्पनी बनेको छ।
यी प्रमाणीकरणहरूबाट एनसेलका ग्राहकले अझ भरपर्दो नेटवर्क र गुणस्तरीय सेवा पाउने सुनिश्चितता भएको छ। त्यस्तै, उद्यमी तथा व्यावसायिक साझेदारहरूले जोखिम न्यूनीकरण र कार्यदक्षता वृद्धिमा सहयोग पाउनेछन् भने नियामक निकाय र लगानीकर्ताहरूले कम्पनीको पारदर्शिता र निरन्तर सुधारको प्रक्रियामा थप आत्मविश्वास प्राप्त गर्ने कम्पनीले विश्वास व्यक्त गरेको छ। कम्पनीले आगामी दिनमा पनि वातावरणीय संरक्षण र विश्वस्तरीय डिजिटल सेवा उपलब्ध गराउन आफूलाई समर्पित गर्ने प्रतिबद्धता जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट
-
लागुऔषधसहित २५ जना पक्राउ
-
अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह
-
अर्थतन्त्रमा लघु, साना तथा मझौला उद्योगको योगदान ९९ प्रतिशत, प्राथमिकता दिन सांसद अनुष्का श्रेष्ठको जोड
-
एक वर्षमा २७४ जनामा डेङ्गु सङ्क्रमण
-
३० वर्षमाथिका सैनिकको टेस्टोस्टेरोन परीक्षण गर्दै अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण