राष्ट्रिय टेबलटेनिसको ट्रफी सार्वजनिक
सारांश
- ४२ औँ राष्ट्रिय टेबलटेनिस च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ।
- प्रसिद्ध मूर्तिकार सुरेन्द्र शाक्यले नेपाली कला र संस्कृतिको पहिचान झल्किने गरी ट्रफी तयार गरेका हुन्।
- लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहीबारदेखि सुरु हुने प्रतियोगितामा सिनियर, जुनियर र क्याडेटमा गरी ११ स्पर्धामा खेल हुनेछ।
काठमाडौँ । अखिल नेपाल टेबलटेनिस सङ्घको आयोजनामा हुने ४२ औँ राष्ट्रिय टेबलटेनिस च्याम्पियनसिपको ट्रफी बुधबार सार्वजनिक गरिएको छ।
आयोजक सङ्घका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, महासचिव कुवेरप्रकाश सिंहलगायत पदाधिकारीको उपस्थितिमा प्रतियोगिताको मुख्य विधा पुरुष/महिला सिंगल्सको विजेतालाई प्रदान गरिने ट्रफी सार्वजनिक गरिएको हो ।
अखिल नेपाल टेबलटेनिस सङ्घका कोषाध्यक्ष ज्याकी महर्जनका अनुसार उक्त ट्रफी प्रसिद्ध मूर्तिकार सुरेन्द्र शाक्यले तयार गरेका हुन् । नेपाली कला र संस्कृतिको पहिचान झल्किने गरी ट्रफी तयार गरिएको उनले बताए ।
राष्ट्रिय टेबलटेनिस प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहीबारदेखि सुरु हुँदै छ । प्रतियोगितामा सिनियर, जुनियर र क्याडेटमा गरी ११ स्पर्धामा खेल हुनेछ । सिनियरमा पुरुष/महिला सिंगल्स डबल्स र टिम तथा मिक्स डबल्समा खेल हुनेछ । जुनियर यु–१९ तथा क्याडेट यु–१५ मा ब्वाइज/गल्र्स सिंगल्समा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली (नेपाल प्रहरी/नेपाल आर्मी/एपीएफ) गरी १० टिमको सहभागिता रहने छ । जम्मा १ सय १६ खेलाडी सहभागी हुने छन् । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण