आईपीएल एलिमिनेटरः हैदरावादलाई राजस्थानको २४४ रनको लक्ष्य, वैभवको विष्फोटक ब्याटिङ
मुल्लापुर । आईपीएलको एलिमिनेटर खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदरावादसामु जितका लागि २४४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
मुल्लापुरस्थित महाराजा यादविन्द्र सिंह स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनायो ।
राजस्थानको विशाल योगफलमा युवा ब्याट्सम्यान वैभव सूर्यवंशीले अविश्वसनीय ब्याटिङ गरे। उनले मात्र २९ बलमा ३३४।४८ को स्ट्राइक रेटका साथ ९७ रनको आक्रामक इनिङ्स खेले। उनले आफ्नो इनिङ्समा १२ छक्का र ५ चौका प्रहार गरे ।
यससँगै वैभवले एकै आईपीएल सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन्। उनले क्रिस गेलको १४ वर्ष पुरानो कीर्तिमान तोडेका हुन्। सन् २०१२ मा गेलले ५९ छक्का प्रहार गरेका थिए भने सूर्यवंशीले यस सिजन अहिलेसम्म ६५ छक्का प्रहार गरिसकेका छन् ।
टोलीको इनिङ्स उकास्ने क्रममा ध्रुव जुरेलले आफ्नो आईपीएल करियरकै तीव्र अर्धशतक पूरा गरे । उनले मात्र २० बलमा ५० रनको योगदान दिए । ५१ रन बनाएर आउट भएका जुरेलले आफ्नो इनिङ्समा ५ चौका र ३ छक्का प्रहार गरे ।
यता, सनराइजर्स हैदरावादका लागि बलिङतर्फ प्रफुल हिंगे सबैभन्दा सफल बलर रहे । उनले राजस्थानका ३ महत्त्वपूर्ण विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण