बसपार्क अगाडिका संरचनामा बिहीबार डोजर चल्ने
पोखरा । पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित हङकङ बजार अगाडिका विभिन्न संरचनामा बिहीबार डोजर चलाउने भएको छ । उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गा अतिक्रमण गरेर विभिन्न संघ संस्थाले संरचना ठड्याएका छन् ।
सहारा क्लब पोखरा, सामुदायिक प्रहरी सेवा, जिफन्ट गण्डकी, नेपाल ट्रेड युनियन काँग्रेस, हिमाली सांस्कृतिक परिवारको भवन, पसलहरू, सार्वजनिक शौचालयसमेतका संरचना भत्काइने तयारी छ । पोखरा महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न यसअघि सार्वजनिक सूचना जारी गरेकोमा त्यसको म्याद सकिएको हो ।
बिहीबार बिहान ११ बजेपछि सुरक्षाकर्मी, जनप्रतिनिधि समेतको सहयोगमा ३ डोजर चलाइने तयारी छ । यसअघि, सूचनाबमोजिम कतिपयले संस्थाले आफ्ना भवन तथा संरचना खाली गराइसकेका छन् । सहारा क्लबले आफ्ना सामान दोबिल्लास्थित सहारा एकेडेमीमा लगेको छ । जिफन्ट, ट्रेड युनियन काँग्रेस, सामुदायिक प्रहरी सेवा, हिमाली सांस्कृतिक परिवारसमेतले आफ्ना सामान धमाधम सारिरहेका छन् ।
पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पृथ्वीचोक र आसपासको जग्गा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले लामो समयदेखि भोगचलन गर्दै आएका थिए । यसैबिच, फिर्केखोला घरको मापदण्ड मिचेर बनाइएका अवैध संरचनामध्ये १ सय ५ संरचना भत्काइसकिएको छ । यहाँ कुल १ सय ६० संरचनामाथि डोजर लगाइने महानगरले जनाएको छ । बुधबार चौथो दिनसम्म दुई तिहाइ संरचना भत्किसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण