नेपाल प्रहरीका १३ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
सारांश
- नेपाल प्रहरीका १३ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)हरूलाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ।
- प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले बुधबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरेको हो।
- जनपदतर्फ १ जना, स्वास्थ्य उप-समूहतर्फ ९ जना र इन्जिनियरिङ सूचना प्रविधितर्फ ३ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको छ।
काठमाडौँ । नेपाल प्रहरीको जनपद समूह र प्राविधिक तर्फका १३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुलाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ।
प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले बुधबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस सूची प्रकाशन गरेको हो। प्रहरी नियमावली, २०७१ को नियम २७ को उप(नियम (४) अनुसार उक्त नामावली सार्वजनिक गरिएको हो।
जनपद समूहतर्फ १ जना डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरिएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर मोरङ बजेट शाखामा कार्यरत ध्रुव कुमार श्रेष्ठलाई एसपी पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
स्वास्थ्य उप-समूह (चिकित्सक) तर्फ ९ जनालाई डिएसपीहरूलाई सिफारिस गरिएको छ । जसमा डा. शोभा वाग्ले, डा. सरोज सिंह, डा. विकल श्रेष्ठ, डा. बोध बिक्रम कार्की, डा. निर्मल घिमिरे, डा. नमन लामिछाने, डा. दिपा चुडाल, डा. सुवास थापा र डा. भवानी गुरुङ रहेका छन् ।
ईन्जिनियरिङ्ग उप-समूहकाे कम्प्युटरतर्फ ३ जना डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरिएको छ । जसमा ई राम कुमार बस्नेत, सुनिल कुमार वरनवाल राइजन् महर्जन छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाजुरा–हुम्ला सीमा विवाद : १० जना थुनामा, ८ जना धरौटीमा रिहा
-
पूर्वाधारमन्त्री भन्छन्– काठमाडौँमा सरकारी लगानीमा मेट्रो रेल बन्दैन
-
मलाई निरन्तर गोली हान्ने र ज्यान मार्ने धम्की आइरहेको छ: प्रमुख सचेतक महर
-
तारकेश्वरको रिसोर्टमा प्रहरीको छापा, २४ जना जुवाडे पक्राउ
-
करार कर्मचारी हटाउने तयारीविरुद्ध अर्थ मन्त्रालयको गेटमा धर्ना, तस्बिरहरु
-
४४ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण