सांसद र सभामुखको बिचबाट प्रधानमन्त्री हिँडेपछि...
सारांश
- प्रमुख सचेतक ऐन महरले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय मर्यादा र नियमावलीको उल्लङ्घन गरेको भन्दै नियमापत्ति जनाएका छन्।
- महरका अनुसार, सांसद खुस्बु ओली बोलिरहेको समयमा प्रधानमन्त्री र रवि लामिछाने सभामुखको आसन र बोलिरहेका सदस्यको बिचबाट हिँडेका थिए।
- उनले यस विषयमा सभामुखको ध्यानाकर्षण गराउँदै संसद्मा रुलिङको माग गरेका छन्।
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिनिधि सभा बैठकमा नियमावली उल्लङ्घन भएको भन्दै नियमापत्ति जनाएका छन्।
मङ्गलबारको बैठकमा बोल्दै महरले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुखको आसन र बोलिरहेका सदस्यको बिचबाट हिँडेर संसदीय मर्यादा र नियमावलीको उल्लङ्घन गरेको भन्दै नियमापत्ति जनाएका हुन् ।
महरले प्रतिनिधि सभा नियमावलीको नियम २० को खण्ड ६ को व्यवस्था स्मरण गराउँदै संसद्मा नियमापत्ति प्रकट गरे। उक्त नियममा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बिचबाट कोही पनि हिँड्न नहुने व्यवस्था छ ।
‘माननीय खुस्बु ओली संसद्मा बोलिरहनुभएको समयमा सम्माननीय प्रधानमन्त्रीज्यू र सत्तापक्षका माननीय सभापति रवि लामिछानेज्यू उक्त नियमको उल्लङ्घन गर्दै सभामुख र बोलिरहेका सदस्यको बिचबाट हिँड्नुभयो,’ महरले भने, ‘यस्तो अभ्यासले संसदीय मर्यादामा आँच पुर्याउँछ।’
उनले यस विषयमा सभामुखको ध्यानाकर्षण गराउँदै संसद्मा रुलिङको माग समेत गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘५० हजार जरिवानाको कुरा भ्रम मात्रै, जरिवाना तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था’
-
गृहमन्त्री र मिटरब्याज पीडितबिच दोस्रो चरणको वार्ता सम्पन्न, माग पूरा नभए काठमाडौँतर्फको यात्रा अघि बढाउने चेतावनी
-
पूर्वमुख्यमन्त्री रावलको भाइरल भिडियो : के भएकाे थियाे ?
-
जोखिमयुक्त सडक वर्षाको समयमा बन्द गरेर भए पनि नागरिकको सुरक्षा गरिन्छ : मन्त्री लम्साल
-
चार महिनापछि इरानी संसद्मा पहिलो सार्वजनिक बैठक, होर्मुजसम्बन्धी विधेयक दर्ता
-
सांसद ऐन महरलाई कसले दियाे ज्यान मार्ने धम्की ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण