मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पार्टी समायोजन तथा सरकारको समीक्षा गर्न जसपा नेपालले बोलायो बैठक

मङ्गलबार, ३० असार २०८३, १५ : १५
मङ्गलबार, ३० असार २०८३

सारांश

  • जनता समाजवादी पार्टीले पार्टी समायोजन र वर्तमान सरकारको १०० दिनको समीक्षा गर्न केन्द्रीय समन्वय समितिको बैठक बोलाएको छ ।
  • जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकता भए पनि समायोजनको कार्य अझै पूरा हुन बाँकी छ ।
  • बैठकमा सरकारले संविधान संशोधनका लागि गरिरहेको कार्यबारे पनि छलफल गरिनेछ ।

काठमाडौँ । जनता समाजवादी पार्टीले केन्द्रीय समन्वय समितिको बैठक बोलाएको छ ।

पार्टी समायोजनको विषयमा छलफल गर्न बैठक बोलाएको जसपा नेपालले जनाएको छ । जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबिच एकता भएको लामो समय भए पनि समायोजनको कार्य अझै सकेको छैन ।

दुवै पार्टी मिलेर जसपा नेपाल बनेको छ । पार्टी दर्ता प्रयोजनका लागि ५२ सदस्य केन्द्रीय समन्वय समिति बनाएको छ । त्यसबाहेक अरू कुनै समिति गठन गरेको छ । दुवै दल मिलाएर पदाधिकारीसहितको केन्द्रीय समिति बनाउनेदेखि लिएर अन्य समिति पनि गठन गर्ने तयारीका लागि बैठक बोलाएको जनाएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै पार्टीका शीर्ष नेताहरूसँग एक्ला एक्लै छलफल गरिसकेका छन् । कतिपयसँग सामूहिक छलफल पनि गरेका छन् । सबैसँग एक चरण छलफल गरिसकेपछि उनले पार्टीको बैठक बोलाएका हुन् ।

त्यसका साथै बैठकमा वर्तमान सरकारको १०० दिनको अवधिको समीक्षा समेत गर्नुको साथै सरकारले संविधान संशोधनका लागि गरिरहेको कार्यको बारेमा समेत छलफल गर्ने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप