लिभरपुल छाडेर टोटेनहम प्रस्थान गर्दै रोबर्टसन
सारांश
- टोटेनहम हट्सपर्सले लिभरपुलका फुलब्याक एन्डी रोबर्टसनसँग सम्झौताको तयारी अन्तिम चरणमा पुर्याएको छ।
- ३२ वर्षीय डिफेन्डर रोबर्टसनले लिभरपुलका लागि आफ्नो अन्तिम खेल खेलिसकेका छन् र सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेका थिए।
- रोबर्टसनले लिभरपुलका लागि ३ सय ७८ खेल खेल्दै दुई पटक प्रिमियर लिग र एक पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए।
लण्डन । टोटेनहम हट्सपर्सले लिभरपुलबाट बिदा भएका स्कटल्यान्डका फुलब्याक एन्डी रोबर्टसनसँग सम्झौताको तयारी अन्तिम चरणमा पुर्याएको छ।
३२ वर्षीय डिफेन्डर रोबर्टसनले गत आइतबार ब्रेन्टफोर्डविरुद्ध लिभरपुलका लागि आफ्नो अन्तिम खेल खेलेका थिए।
सिजनको अन्त्यमा सम्झौता सकिएसँगै उनले क्लब छाड्ने घोषणा यसअघि नै गरिसकेका थिए। टोटेनहमसँगको सम्झौताका केही प्राविधिक बुँदाहरू टुङ्ग्याउन बाँकी रहे पनि दुवै पक्षबिच सैद्धान्तिक सहमति भइसकेको छ।
तत्कालीन प्रशिक्षक थोमस फ्र्याङ्कको नेतृत्वमा रहँदा टोटेनहमले गत जनवरीको ट्रान्सफर विन्डोमै रोबर्टसनलाई भित्र्याउने प्रयास गरेको थियो। त्यसबेला दुई क्लबबिच सहमति समेत भइसकेको थियो, तर लिभरपुलले रोमामा लोनमा रहेका आफ्ना खेलाडी कोस्टास सिमिकालाई फिर्ता बोलाउन नसकेपछि अन्तिम समयमा आएर यो सम्झौता रद्द गरेको थियो।
टोटेनहमले यस सिजनको अन्तिम दिन नयाँ प्रशिक्षक रोबर्टो डी जर्बीको नेतृत्वमा एभर्टनलाई पराजित गर्दै प्रिमियर लिगमा रेलिगेसनबाट जोगिन सफल भएको थियो। अत्यन्तै अनुभवी डिफेन्डर रोबर्टसनले स्कटल्यान्डका लागि ९२ क्याप जितेका छन् र यसै समरमा हुने विश्वकपमा उनले आफ्नो देशको कप्तानी गर्नेछन्।
लिभरपुलका लागि ३ सय ७८ खेल खेलेका उनले एनफिल्डमा रहँदा दुई पटक प्रिमियर लिग र एक पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण