अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै प्रतिआक्रमण गरेको इरानको दाबी
सारांश
- इरानले अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै आक्रमण गरेको दाबी गरेको छ ।
- इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)ले उक्त अड्डाबाट बिहीबार बिहान इरानका विभिन्न स्थानमा अमेरिकी हमला गरिएको भन्दै प्रतिआक्रमण गरिएको जनाएको छ ।
- अमेरिकी सेनाले इरानी चारवटा ड्रोन खसालेको र पाँचौँ ड्रोन उडाउन तयारी अवस्थामा रहेको बन्दर अब्बासस्थित इरानी भू–नियन्त्रण केन्द्रमाथि आक्रमण गरेको एक अमेरिकी अधिकारीले पुष्टि गरेका छन् ।
तेहरान । इरानले अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै आक्रमण गरेको दाबी गरेको छ । इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)ले उक्त अड्डाबाट बिहीबार बिहान इरानका विभिन्न स्थानमा अमेरिकी हमला गरिएको भन्दै प्रतिआक्रमण गरिएको इरानको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । कुन अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरिएको हो भन्ने आईआरजीसीले स्पष्ट रुपमा खुलाएको छैन । अमेरिकाका मध्यपूर्व क्षेत्रका विभिन्न देशहरूमा सैन्य अड्डाहरू रहेका छन् ।
‘आज बिहान बन्दर अब्बास विमानस्थलको बाहिरी क्षेत्रमा अमेरिकी आक्रमणकारी सेनाले हवाई प्रक्षेप्य प्रयोग गर्दै गरेको आक्रमणपछि उक्त हमलाको स्रोत मानिएको अमेरिकी सैन्य अड्डालाई बिहान ४ः५० बजे लक्षित गरिएको हो,’ आईआरजीसीको जनसम्पर्क कार्यालयद्वारा जारी वक्तव्यमा भनिएको भन्दै फोर्स समाचार एजेन्सीले समाचारमा भनेको छ । आईआरजीसीले आफ्नो प्रतिक्रिया अमेरिकालाई गम्भीर चेतावनी भएको उल्लेख गर्दै अमेरिकी आक्रमणको जवाफ नदिई नछाडिने पनि बताएको छ ।
इरानले आक्रमण गरिएको दाबी गरेकै समयतिर कुवेत सेनाले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले ‘शत्रुतापूर्ण’ ड्रोन र मिसाइलहरू अवरोध गरिरहेको जनाएको थियो । यद्यपि ती आक्रमण कहाँबाट भएका हुन भन्नेबारे कुनै विवरण दिइएको थिएन । स्थानीय समयअनुसार बिहीबार बिहान सबेरै स्टेट अफ होर्मुज नजिक रहेको रणनीतिक इरानी बन्दरगाह तथा नौसैनिक आधार क्षेत्र बन्दर अब्बासको पूर्वी क्षेत्रमा तीनवटा विस्फोटको आवाज सुनिएको थियो ।
अमेरिकी सेनाले इरानी चारवटा ड्रोन खसालेको र पाँचौँ ड्रोन उडाउन तयारी अवस्थामा रहेको बन्दर अब्बासस्थित इरानी भू–नियन्त्रण केन्द्रमाथि आक्रमण गरेको एक अमेरिकी अधिकारीले पुष्टि गरेका छन् । यस विषयमा प्रतिक्रिया लिन अमेरिकी सेनाको केन्द्रीय कमान्डसँग सम्पर्क गरेको तर कुनै प्रतिक्रिया नआएको सीएनएनले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण